एकाबिहानै नेपालका ठुला नेताको नि<ध<न

समाचार

पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो ।

२०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका-१० मा रहेको आफ्नै निवासमा निधन भएको हो ।

केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थापा स्थानीय भानुभक्त माध्यमिक विद्यालयका पूर्वशिक्षक पनि थिए । थापा केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थिए ।

२०४७ सालमा संविधान जारी भएपछि २०४९ सालको पालिका चुनावमा तत्कालीन गेझा गाविसका अध्यक्ष भएका उनि २०५४ सालमा पुन: साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि थापा पाल्पा जिल्ला विकास समितिको उपसभापति भएका थिए ।

२०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यसमेत रहेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Open photo

Leave a Reply

Your email address will not be published.