२४ घण्टाका लागि चेतावनी जारी, कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

समाचार

काठमाडौं । आज दिनभर देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गरायो ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहे पनि लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसम पूर्वानुमान महाशाखाले भनेको छ, ‘प्रदेश १, मधेश प्रदेशका धेरै बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published.