अब एकएक पैसाको हिसाब खोज्छुः हर्क साम्पाङ

समाचार

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ ले अब एकएक पैसाको हिसाब खोज्ने बताएका छन् । जनताले आफुलाई जे गर्न पठाएको त्यो सुरु गर्ने भन्दै उनले सो घोषणा गरेका हुन् । उनी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिदै विजयी भएका हुन् ।

यसअघि उनले धरान उपमहानगरपालिकाको बैठक ‘लाईभ’ गर्ने बताइसकेका छन् ।उनले सामाजिक संञ्जालमा लेखेका छन्- अब एक एक पैसाको हिसाब खोज्छु ! जनताले मलाई जे गर्न पठाएको हो त्यो शुरु गर्छु ! जय धरान !!!धरानका मेयर हर्क साम्पाङ्ग भने– ‘आइन्दा हरेक कुरा लाइभ हुन्छ’

म गोर्खाली हुँ, मलाई केही हुँदैन : मुख्य प्रशिक्षक अल्मुताइरी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू गोर्खाली भएको बताएका छन् ।उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै आफू गोर्खाली भएको र आफूलाई केही नहुने बताएका हुन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेसबुक पेजमा अपडेट गरेको अल्मुताइरीको स्वास्थ्य अवस्था सामान्य रहेको र डिस्चार्ज हुने भन्नेबारेको स्टाटस शेयर गर्दै उनले उक्त भनाइ प्रस्तुत गरेका हुन् ।

‘आइएम गोर्खाली डन्ट वरी, वान टिम जय नेपाल,’ उनले भनेका छन् । गएराति कुवेतमा भएको एएफसी एशियन कप २०२३ छनौँट खेलको दोस्रो खेलका क्रममा उनी एक्कासी अचेत भएर ढलेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published.