जहाँ बालेन र सुनिता पुग्छन् त्यही गर्न थाले कमाल, पहिलोपटक उपत्यका छाडेका उनीहरुको यहाँ पनि वाहीवाही !

समाचार

काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलले निर्वाचित भएयता पहिलोपटक काठमाडौं उपत्यका छाडेर केही टाढा पुगेका छन् । महानगरमा मेयर उपमेयरको जिम्मेवारी सम्हालेपछि राम्रा निर्णय र ती निर्णयको कार्यन्वयनतर्फ ध्यान दिएर चर्चामा रहेका उनीहरुको हेटौडा पनि वाहीवाही भएको छ ।

वागमती प्रदेश सरकारले स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नगरप्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल हेटौडा पुगेका हुन् । यसअघि जनप्रतिनिधीहरु अभिमुखीकरण अथवा अरु कुनै कार्यक्रममा लागि उपत्यका बाहिरि जाँदा नेताहरुसँगको भेटघाटमा दिनभरीको समय बिताइदिन्थे तर बालेन र सुनिताले त्यसलाई ब्रेक गरेर प्रशंसा पाइरहेका छन् ।

हेटौडा आएकै मौका पारेर काठमाडौंका प्रमुख–उपप्रमुखले मानब सेवा आश्रमको अवलोकन गरेका छन् । समाजसेवी इसा गुरुङले मेयर बालेन र उपमेयर सुनिताले हेटौडा स्थित मानव सेवा आश्रमको अवलोकन र आश्रमका प्रतिनिधीको भेटपछि खुसी व्यक्त गर्दै बालेन र सुनिता काठमाडौं महानगरभित्र रहेका असहाराहरुको सहारा बन्ने विश्वास व्यक्त गरेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहजीकरणमा वागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेटौंडामा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

आज र भोलि चल्ने कार्यक्रममा प्रदेशभरका महानगर, नगर, गाउँपालिकाका जनप्रतिनिधि सहभागी छन् । बालेन र सुनिता उक्त कार्यक्रममा आकर्षणको केन्द्र बनेका छन् । युवा उमेरमै संघीय राजधानी एवं देशकै ठूलो स्थानीय तहको नेतृत्वमा पुगेका उनीहरू कार्यक्रममा ‘सेलिब्रेटी’ जत्तिकै बनेका छन् ।

दुईजनाले अनौपचारिक छलफलमा स्थानीय विकास र पालिका सञ्चालनसम्बन्धी अनुभव र आइडिया आदानप्रदान समेत गरेका छन् ।सहभागीले तस्बिरका लागि अनुरोध गरेपछि बालेन्द्र र सुनितालाई भ्याइनभ्याइ छ ।

Leave a Reply

Your email address will not be published.