एसईईको परीक्षाफल बारे परीक्षा नियन्त्रण कार्यालयले सूचना चुहायो

समाचार

हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफल बारे परीक्षा नियन्त्रण कार्यालयले सूचना चुहाएको छ ।असारको दोस्रो सातामा प्रकाशन हुने गरी तयारी पूरा भएको पनिकाले जनाएको छ ।स्रोतका अनुसार अब केही दिन भित्रमा नै सम्पूर्ण काम सकिने र परीक्षाफल प्रकाशनको तयारी गरिने छ ।

सय विद्यार्थीलाई पोशाक प्रदान भोजपुरको हतुवागढी गाउँपालिका–८ का वडाध्यक्ष प्रेमबहादुर थापाले एक सय विद्यार्थीलाई पोशाक वितरण गर्नुभएको छ ।

वडाध्यक्ष थापाले तीन विद्यालयका कक्षा एक देखि पाँचसम्मका एक सय विद्यार्थीलाई निःशुल्करुपमा पोशाक वितरण गर्नुभएको हो । “विद्यालयमा सबै वर्ग समुदायका विद्यार्थी पढ्न आउछन् ।

सबैको आर्थिक अवस्था एकै खालको हुन्न । विद्यार्थीको एकरुपताका लागि आफ्नै खर्चमा पोशाक दिएको हुँ । सबै विद्यार्थी विद्यालय पोशाकमा आउन भन्ने मेरो चाहना हो”, वडाध्यक्ष थापाले भन्नुभयो ।

शिक्षा क्षेत्रको विकासमा आफुले सकेको भूमिका खेलेर गुणस्तरमा सुधार ल्याउने लक्ष्य रहेको थापाको भनाइ छ । उहाँले ती विद्यार्थीलाई टाई र बेल्ट दिने योजनासमेत बनाउनुभएको छ ।

थापाले ८ नं वडास्थित सिंहदेवी प्राथमिक विद्यालय, शिक्षा प्रकाश प्रावि र विद्यापोखरी विद्यालयका विद्यार्थीलाई पोशाक प्रदान गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published.