पत्रकारको खोल ओढेर मेरो चरित्र हत्या गर्न खोजे, समाचारमा सत्यता छैन – उपप्रमुख नितु थापा

समाचार

काठमाडौं । आफ्ना बारेमा केही अनलाइनमा आएको समाचारबारे बेलबारी नगरपालिका उपप्रमुखले ध्यानाकर्षण भएको बताउनु भएको छ ।उपमेयर नितु थापा (कोईराला) ले गलत समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको हो ।इस्ट खबर अनलाइनले ‘बेलबारी उपमेयर थापालाई कालो स्कर्पियो चढ्ने मोह ’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो । यस विषयमा आफ्नो कुरा राख्नै कोइरालाले एक स्टाटस लेख्नु भएको छ ।

उहाँले भन्नु भएको छ, ‘आईतबार दिउँसो नेपाल प्रेस काउन्सिल लगायत कुनै आधिकारिक निकायमा समेत दर्ता नभएको र व्यक्तिगत स्वार्थका लागि बिभिन्न व्यक्तिहरुको चरित्रहत्या र अपमान गर्दै आएको सुन्दरहरैचा नगरपालिका ठेगाना राखिएको एक कथित अनलाईनले मेरो नाम जोडेर मेरो चरित्रहत्या गर्ने उद्धेश्यका साथ भ्रामक समाचार बनाएर सामाजिक सञ्जालमा प्रकाशन गरिएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

उहाँले अगाडि लेख्नु भएको छ, ‘बेलबारी नगरपालिकाको कार्यपालिका बैठकमा बेलबारी नगरपालिकाले आवश्यक इन्धन खरिद गर्ने बिषयमा छलफल शुरु नहुँदै मेरो नाम जोडेर, ८० देखि ९० लाखको कालो रंगको स्कर्पियो मैले माग गरेको, गाडी किन्न दबाब दिएको, मेयरले नमानेको, पार्टीले बिरोध गरेको लगायत बनावटी र भ्रामक कुराहरु राखेर मेरो चरित्रहत्या गर्न खोजिएको बिषयलाई मैले गम्भिरतापुर्बक लिएको छु ।यो बिषयमा समाचार लेख्ने र लेख्न प्रेरित गर्ने गलत मानसिकता र कुण्ठा बोकेर बसेका ब्यत्तिहरुले सप्रमाण समाचारको पुष्टि नगरेमा कानुनी उपचार खोज्ने जानकारी गराउँछु ।’

उहाँले समाचार पुष्टि गर्न चुनौती दिदैँ भन्नुभयो, ‘हुँदै नभएको बिषयलाई अतिरञ्जित गरेर समाचार लेख्ने र बार्गेनिङ्ग गर्ने, पत्रकारको खोल ओढेका ति ब्यत्तिले सोही समाचारको पुष्टि गर्न म चुनौती समेत दिन्छु ।यस्ता बिना आधारका गलत समाचार लेखेर चरित्रहत्या गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन र कारबाही गर्न म नेपाल पत्रकार महासंघ, बिभिन्न पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष जोडदार माग गर्दछु ।’

गलत समाचार प्रति मेरो ध्यानाकर्षण
आईतबार दिउँसो नेपाल प्रेस काउन्सिल लगायत कुनै आधिकारिक निकायमा समेत दर्ता नभएको र ब्यत्तिगत स्वार्थका लागि बिभिन्न ब्यत्तिहरुको चरित्रहत्या र अपमान गर्दै आएको सुन्दरहरैचा नगरपालिका ठेगाना राखिएको एक कथित अनलाईनले मेरो नाम जोडेर मेरो चरित्रहत्या गर्ने उद्धेश्यका साथ भ्रामक समाचार बनाएर सामाजिक सञ्जालमा प्रकाशन गरिएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

बेलबारी नगरपालिकाको कार्यपालिका बैठकमा बेलबारी नगरपालिकाले् आबश्यक ईन्धन खरिद गर्ने बिषयमा छलफल शुरु नहुँदै मेरो नाम जोडेर,८० देखि ९० लाखको कालो रंगको स्कारपियो मैले माग गरेको, गाडी किन्न दबाब दिएको,मेयरले नमानेको,पार्टीले बिरोध गरेको लगायत बनावटी र भ्रामक कुराहरु राखि मेरो चरित्रहत्या गर्न खोजिएको बिषयलाई मैले गम्भिरतापुर्बक लिएको छु ।यो बिषयमा समाचार लेख्ने र लेख्न प्रेरित गर्ने गलत मानसिकता र कुण्ठा बोकेर बसेका ब्यत्तिहरुले सप्रमाण समाचारको पुष्टि नगरेमा कानुनी उपचार खोज्ने जानकारी गराउँछु ।

हुँदै नभएको बिषयलाई अतिरञ्जित गरेर समाचार लेख्ने र बार्गेनिङ्ग गर्ने,पत्रकारको खोल ओढेका ति ब्यत्तिले सोही समाचारको पुष्टि गर्न म चुनौति समेत दिन्छु ।

यस्ता बिना आधारका गलत समाचार लेखेर चरित्रहत्या गर्ने ब्यत्तिहरुलाई कानुनी दायरामा ल्याउन र कारबाही गर्न म नेपाल पत्रकार महासंघ,बिभिन्न पेशागत संघ संगठन र प्रेस काउन्सिल नेपाल समक्ष जोडदार माग गर्दछु ।
नितु थापा (कोईराला)उपप्रमुख,बेलबारी नगरपालिका

Leave a Reply

Your email address will not be published.