नेपाललाई धर्मयुद्धतर्फ धकेल्ने प्रयास भयो : विश्वहिन्दु महासंघ

राेचक

काठमाडौं । विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले नेपाललाई धर्मयुद्धतर्फ धकेल्ने प्रयास भइरहेको बताउनु भएको छ ।नेपालको शिक्षा क्षेत्रमा देखिएको धर्मान्तरणले देशलाई ठूलो खत्तरातर्फ धकलेको उहाँको भनाई छ ।

सामाजिक सञ्जालमा एक बोर्डिङ स्कुलको पुस्तकको एक अंश भाइरल भइरहेको छ । एलकेजीका विद्यार्थीहरुलाई अक्षर चिनाउने क्रममा विशेष रूपले धर्मको प्रचार गरेको देखाएको छ ।

विशेष गरेर ई अक्षर चिनाउँदा इसाई धर्मको प्रचार गरेकोजस्तो देखिएको छ । बिजी वी बोर्डिङ स्कुलको भनेर भाइरल गराइएको किताबमा यस्तो कुराहरु देखिएका छन् ।

यसबारे प्रतिकृया दिदैँ भण्डारीले यस्तो चेतावनी दिनु भएको हो । उहाँले भन्नु भएको छ, ‘गोरा छाला देखेपछि पाइखाना सफा गर्नेलाई पनि सलाम गर्न खोज्ने हामी नेपालीको मनोवृत्तीका कारण देशमा धर्मान्तरणले प्रश्रय पाउँदैछ ! कसैको प्रभावमा परेर पाठ्यक्रममा गरिएका यस्ता गल्तीहरु तत्काल सच्याउनु पर्छ !!’

जसमा एकजनाले धार्मिक संगठनको नेतृत्व तहमा बस्नेहरूको हैसियत यो पुस्तकहरूले देखाएको भन्दै आक्रोश पोखेका छन् । उनका अनुसार पदको लागि मरिमेट्न तर धार्मिक क्रियाकलापको लागि ५० जना भेला पार्न नसक्ने, देश विदेश घुमेर आफ्नो कर्तव्य पूरा भएको सोंच्ने नेपालका धार्मिक संगठनका नेतृत्व तहका प्रवृत्तिका कारण अनिवार्य रुपमा एउटा धार्मिक युद्धमा प्रवेश गर्नु पर्ने अवस्था निम्तिएको छ ।त्यसको जवाफमा अध्यक्ष भण्डारीले देशलाई धर्म युद्धमा प्रबेश गराउन चलखेल भइरहेको भन्दै त्यसबाट जोगिनु पर्ने विचार व्यक्त गर्नुभयो ।

धर्म युद्धबाट नेपाल र नेपालीको नोक्सान हुने भन्दै त्यतातिर नसोच्न सबैसँग अनुरोध पनि गर्नुभएको छ ।यसअघि पनि भण्डारीले धर्मान्तरण गराउने बिषयमा सरकार नै लागेको आरोप लगाउनु भएको थियो ।

उहाँले पश्चिमाहरुबाट प्रभावित भएर पाठ्यक्रममा नै ई बाट ईसा भनेर पढाउन मिल्छ कि मिल्दैन भनेर प्रश्न पनि गर्नुभयो । उहाँले भन्नु भएको छ, ‘हामीले ई बाट ईश्वर भनेर पढेको ईश्वर लेख्न नहुने , अनि ईसा लेख्नु पर्ने ?’

गोरा छाला देखे पछि पाइखाना सफा गर्नेलाई पनि सलाम गर्न खोज्ने हामी नेपालीको मनोवृत्तीका कारण देशमा धर्मान्तरणले प्रश्रय पाउँदैछ १ कसैको प्रभावमा परेर पाठ्यक्रममा गरिएका यस्ता गल्तीहरु तत्काल सच्याउनु पर्छ !! ( तस्बिरहरू , सामाजिक संजालबाट )

Leave a Reply

Your email address will not be published.