एक प्याकेट कण्डमको मूल्य एक लाख रुपैयाँ, तरपनि किन्नेको लाग्यो लामो लाईन

राेचक

काठमाडौं । विश्वमा एउटा यस्तो देश पनि छ जहाँ कण्डमको प्याकेटको मूल्य १०० मिलिग्राम अर्थात आधा क्यारेटको हीराभन्दा बढी पर्छ ।

जहाँ आधा क्यारेटको हीरा ८० हजार रुपैयाँ वरपरमा पाइन्छ । तर यदि तपाईं दक्षिण अमेरिकी देश भेनेजुएलामा कण्डमको प्याकेट किन्न चाहनुहुन्छ भने त्यसको मूल्य लगभग एक लाख रुपैयाँ पर्छ ।

भेनेजुएलामा गर्भपतन गैरकानूनी छ । अर्कोतिर गर्भनिरोधक साधनहरूको मूल्य आकाशिएको छ । भेनेजुएलाका मानिसहरूले कण्डमको प्याकेटका लागि एक लाख रुपैयाँसम्म खर्च गर्छन् ।

यति धेरै मुल्य भए पनि पसल बाहिर कण्डम किन्न मानिसहरुको भीड लागेको हुन्छ । गर्भनिरोधक चक्कीको मूल्य पनि धेरै महंगो छ ।

कसैले भ्रूण गर्भपतन गरेको पाइएमा कडा सजाय हुन्छ । भेनेजुएलाको बजारमा स्थानीय रूपमा ब्रान्डेड गर्भनिरोधक चक्कीहरू पनि उपलब्ध छन्, तर ती पूर्ण रूपमा सुरक्षित छैनन् ।

कतिपय रिपोर्टहरूमा कण्डम र चक्की जस्ता गर्भनिरोधकहरूमा हरेक महिना मान्छेहरु आफ्नो आधा तलब खर्च गरिरहेका छन् ।भेनेजुएलामा मानिसहरूले विदेशी ब्रान्डहरूबाट गर्भनिरोधक चक्कीहरू किन्छन्, चाहे मूल्यमा जतिसुकै फरक किन नपरोस् ।

Leave a Reply

Your email address will not be published.