हतारमा खाना खानेले यो पढ्नै पर्छ : चर्चित मोडल जसको अल्पआयूमा नै त्यही कारण ज्यान गुम्यो

राेचक

काठमाडौं । हतारमा खाना खानेहरूले यो समाचार पढ्नै पर्छ । थाइल्याण्डमा, सामाजिक सञ्जाल प्रभावकारी र चर्चित मोडेल अरिसारा कर्बादेचोको कबाब खाँदा मृत्यु भएको छ ।हतारमा खाना खाँदै थिइन् । कबाब रहेको हड्डी घाँटीमा अड्कियो । सास फेर्न मुस्किल भयो । केहीबेरमा त्यही कारण उनको मृत्यु भयो ।

उनलाई उपचारका लागि अस्पताल समेत लगिएको थियो । त्यहाँ उनलाई भर्ना गरियो । त्यहाँ पुग्दासम्म अक्सिजनको कमिले उनी अचेत भइसकेकी थिइन् ।उनलाई लामो समय भेन्टिलेटरमा राखेर बचाउने प्रयास गरियो । सबै प्रयास विफल भए अहिले उनको मृत्यु भइसकेको छ ।

हतारमा खाना खानुको परिणाम
उनले आफ्नो तस्विर पोस्ट गरेर लोकप्रियता कमाउँदै थिइन् । त्यो दिन उनी निकै व्यस्त भएको आमाले बताइन् । परम्परागत थाई खाना हतारमा पोर्क कबाब र भात खाइरहेकी थिइन् । त्यही क्रममा उनको घाँटीमा मासुको टुक्रा अड्कियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

मस्तिष्कमा अक्सिजन पुगेन
अरिसरालाई अस्पताल पुर्‍याउँदा उनको अवस्था देखेर चिकित्सकले अस्पताल पुग्न ९ मिनेट ढिलो भएको बताए । उनको मस्तिष्कमा अक्सिजन आपूर्ति लामो समयसम्म बन्द भएको थियो ।

यो मार्चमा महिनाको घटना थियो । जब अरिसराले उनको अन्तिम इन्स्टाग्राम पोस्ट गरेको देखिन्छ । उनले संसार छाडेपछि अहिले मानिसहरुले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै त्यस पोस्टमा कमेन्ट गरिरहेका छन् ।

परिवार र साथीहरूले यस बारे जानकारी दिए
अरिसरा मात्र २७ वर्षकी थिइन् । उनको मृत्युको खबर परिवारका सदस्य र साथीभाइले सामाजिक सञ्जालमा पुष्टी गरेका छन् ।उनको साथी सिरिकन्दा चाइबुरुतले फेसबुकमा लेखेकी छन्, अरिसरालाई चिन्ने सबै दुःखी छन्। उनी जवान र सुन्दर थिइन्। उनलाई एलिसको नामले पनि चिनिन्थ्यो । उनलाई इन्स्टाग्राममा १५ लाखभन्दा बढीले फलो गरेका छन् ।

आमाले संसारलाई यो सन्देश दिइन्
अरिसराकी आमा सबै किशोरकिशोरीले आफ्नो स्वास्थ्यको राम्रो ख्याल गरोस् भन्ने आफू चाहन्छिन् । समयमै खाना खानुहोस् र आराममा ध्यान दिनुहोस्। आरामले ध्यानपूर्वक खाना खानुहोस् ।अरिसराकी आमाले पनि आफूसँगै भएको भए यस्तो दुखद घटना नहुने बताइन् । आफूले आफ्नी छोरी गुमाएपनि अरुले छोरा छोरी गुमाउनु नपरोस् भन्दै उनले ध्यानपूर्वक खाना खान भनेकी छिन् ।

Leave a Reply

Your email address will not be published.