दुई जनासँग ब्रेकअपपछि सुशान्तसँगको प्रेम स्वीकार्दै आनाले रोमान्टिक तस्वीर सेयर गरिन्

मनोरंजन

काठमाडौं । अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी केही महिनादेखि रिलेशनमा रहेको खुल्न आएको छ ।चलचित्र ‘जेरी’ बाट चर्चामा आएकी आनालेपनि सुशान्तसँग प्रेम रहेको स्वीकार गर्दै तस्वीरहरु साझा गरेकी छिन् ।

अनमोल केसीसँग स्क्रिन सेयर गरेकी अभिनेत्री आना पछिल्लो समय चर्चामा छिन् ।गुपचुप प्रेम सम्बन्धमा रहेका उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका थिए । दुवैले सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेका थिएनन् ।

मुस्ताङ घुम्नेदेखि पोखरामा बन्जी जम्प गर्नेसम्म उनीहरु सँगै देखिएर केही मिडियाले समाचार समेत बनाएका थिए । तर उनीहरुले त्यो बेला भने स्वीकार गरेका थिएनन् ।

अहिले भने यो जोडीले खुलेरै प्रेमलाई स्वीकारेको छ ।आनाले सुशान्तसँगका रोमान्टिक तस्वीरलाई इन्स्टाग्राममा सेयर गरिरहेकी छन् । हिजोको गुपचुप प्रेम अहिले सार्वजनिक रुपमै फक्रिन थालेको छ ।

यसअघि आनाको नाम अनमोल केसी र सोनम शेर्पासँग पनि गाँसिएको थियो । दुवैसँग ब्रेकअपपछि आना सुशान्तसँग निकट भएको स्रोतको दावी छ ।

आना अहिले एक फिल्मको छायांकनको तयारीमा छिन् भने सुशान्त विदेश भ्रमणको तयारीमा छन् । उनीहरु विदेशपनिसँगै घुम्न जाने तयारी भइरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published.