सोधपुछका लागि प्रहरीले विमला वलीलाई जिप्रकामा नै लगेपछि भनिन् ‘एकराज अर्कै महिलाको पति भए पनि उसँग म गहिरो प्रेममा छु, छाड्न सक्दिन’

समाचार

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली आज बिहानबाट फेरी भाइरल बनेकी छिन् ।यसअघि नै चुम्बन प्रकरणमा फसेकी वलीले विबाहित पुरुषका कारण पनि चर्को आलोचना खेप्नु परेको थियो ।

उनै वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखेर सोधपुछ गरिएको छ ।

राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरिरहेको स्रोतको भनाई छ ।

वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसके पनि उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार भने गरेकी छन् । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको भने बताएकी छिन् ।

विमलाले आज बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेको भिडियो र तस्विरहरु बिहानैदेखि भाइरल बनिरहेका छन् ।

आँफु वलीद्धारा कुटीएको भन्दै एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएपछि वली अनुसन्धानमा तानिएकी हुन् ।

यसअघि पनि उनी प्रेमी भनिएका एकराजसँगको चुम्बन दृश्यपछि विबादमा तानिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.