अभिनेता सुशान्तको स्मृतिमा रियाले बनाइन् सबैलाई भावुक म प्रत्येक दिन तिमीलाई मिस गर्छु !

मनोरंजन

काठमाडौं । मंगलबार बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको दुई वर्ष पुगेको छ ।उनका प्रशंसक, साथी र बलिउड कलाकारले उनलाई निक्कै गहिरो सम्झना गरेका छन् ।

यसैबीच, सुशान्तकी प्रेमिका समेत रहेकी अभिनेत्री रिया चक्रवर्तीले पनि सुशान्तसँगका चार पुराना तस्वीर सेयर गर्दै उनलाई सम्झिएकी छन् ।

रिया लेख्छिन्, ‘म हरेक दिन तिमीलाई मिस गर्छु । मिस यु एभ्री डे ।’यससँगै रियाले ब्ल्याक हर्टवाला इमोजी पनि सेयर गरेकी छन् । यी सबै तस्वीरमा सुशान्त र रियाले रोमान्टिक समय बिताएको देख्न सकिन्छ ।

सुशान्तकी बहिनी श्वेता सिंहले पनि मर्मस्पर्शी नोट सेयर गर्दै दाजुलाई सम्झिएकी छन् ।उनी लेख्छिन्, ‘भाइले आफ्नो नश्वर शरीर छाडेको दुई वर्ष पूरा भएको छ । तर तपाईं आफ्ना मूल्यको कारण अमर हुनुहुन्छ जो तपाईं पछ्याउनुहुन्थ्यो ।दया, करुणा र प्रेम तपाईंका गुण थिए । तपाईं केही मान्छेको लागि राम्रो गर्न चाहनुहुन्थ्यो ।’

दुई वर्षअघि १४ जुन २०२० मा सुशान्तको ३४ वर्षको उमेरमा निधन भएको थियो । उनी मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा मृत भेटिएका थिए । नेपाली फ्यानले पनि सामाजिक सञ्जालमार्फत सुशान्तलाई स्मरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published.