अर्काको श्रीमान आफ्नो दावी गर्ने मन्त्री वली अन्तत: परिन् जेलकै चीसो छिँडीमा [ भिडियोसहित ]

समाचार

दाङ । अर्काको श्रीमान दावी गर्न घर नै गएर आफू र छोरीलाई कुटपिट गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका–५ कि मीरा भण्डारीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको छ ।

मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै उहाँले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जनबहादुर स्वाँरले जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको बताउनुभयो ।मंगलबार विहान तुलसीपुर नगरपालिका– ५ स्थित एकराज बस्नेतको घरमा पुगेकी राज्यमन्त्र वलीले बस्नेत आफ्नो लोग्ने भएको दावी गर्नुभएको थियो ।

उहाँले बस्नेत खोजी गर्दै उहाँकी पत्नी मीना भण्डारी र छोरीलाई हातपात गरेको पीडित पक्षको भनाइ छ ।घर गएर अचानक आक्रमण गरेपछि भण्डारीले छिमेकीलाई गुहार्नु भएको थियो ।

छिमेकी आएर मन्त्री वलीलाई घरमा थुनेका थिए । त्यसपछि प्रहरी बोलाएर जिम्मा लगाएको थिए । वली अहिलेपनि थुनामा नै हुनुहुन्छ ।

उहाँलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा पठाएको थियो ।यता, लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई छोड्न भन्दै मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले प्रहरी प्रशासनलाई दबाब दिइरहेको बुझिएको छ ।

स्रोतका अनुसार बारम्बार प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर छाड्नका लागि दबाव दिइरहेको देखिन्छ ।राज्यमन्त्री वलीविरुद्ध जाहेरी परेकाले प्रहरीले भने छोड्न मानेको छैन । अहिले राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमै राखिएको प्रहरीले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published.