अस्पताल भर्ना लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली

समाचार

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् ।

उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए । वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा. ढकालले बताए ।

मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो । प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।अनलाइन खबर बाट

९ वटा ब्रुमरले सडक सफा गर्दैछौं ,आज बाट ५ ब्रुमरले सडक सफा गर्न थाल्छौ :बालेन शाह-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मर्मतपछि ब्रुमरहरू पुन: सञ्चालनमा ल्याइएको बताएका छन्।सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए।

आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिए।‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ उनले भने, ‘आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।

उनकाअनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। कूल ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले बताए।‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

यो पनि पढ्नुहोश:करेन्ट लागेर काठमाडौंको सुन्दरीजलका एक युवाको मृत्यु भएको छ।मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेका गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ सुन्दरीजलका २६ वर्षीय सनम तामाङको करेन्ट लागेर मृत्यु भएको हो।

मंगलबार अपरान्ह ४ बजेतिर उनलाई करेन्ट लागेको थियो।करेन्ट लागेपछि उपचारका लागि उनलाई नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।
शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.