मेयर बालेनको रिमोट घुमेको घुमेयै, बर्षाका बाबजुद आज यस्तो देखिनेछ काठमाडौंमा

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले विकास र जनताको सेवाको रिमोट घुमाएको घुमायै गर्दै आइरहेका छन् । मेयर बालेन शाहले बर्षाका बाबजुद जनसेवाको कामलाई निरन्तरता दिइरहेका हुन् ।

मेयर साहले मर्मतपछि ब्रुमरहरू पुनः सञ्चालनमा ल्याइएको बताएका छन्। सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर आजदेखि सडक सफा गर्न थालिएको उनले बताए।

आजदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थाल्ने उनले जानकारी दिए। ‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ,’ उनले भने, ‘आजदेखि ५ वटा ब्रुमरले काठमाडौं सफाइ गर्न थालेका छन्।’

निर्वाचित भएको करिब १ महिनामा देखिनेगरी विभिन्न कामको थालनी गरिसकेका उनका अनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ। कूल ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले बताए।

‘बर्खा भएकोले केहि असहजता पक्कै हुनेछन्। तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published.