भाई हुँदै राज्यमन्त्री विमलाका प्रेमी बनेका एकराज को हुन् ?

राजनिति समाचार

काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला खत्री (वली) सँग नाम जोडिएपछि एकराज बस्नेत निकै चर्चामा छन् । अहिले आखिर एकराज को हुन् भन्ने विषय पनि निकै चर्चामा रहेको छ ।

जानकारी अनुसार करिब ३५ वर्षीय एकराज सामान्य माओवादी कार्यकर्ता हुन् । बस्नेत कांग्रेसका तुलसीपुर उपमहानगर सभापति सुरेश हमालसँग नजिक भएको बताइन्छ ।

कांग्रेस नेतासँगको निकटताका कारण माओवादीले उनीमाथि धेरै विश्वास पनि गर्दैन् । एकराजको आर्थिक अवस्था पनि सामान्य नै छ । उनी काठको व्यवसाय गर्ने उनलाई काठ चोरी–निकासी गरेको आरोप समेत लागिसकेको छ ।बस्नेतमाथि काठ चोरी–निकासीको मुद्दासमेत परेको थियो । उनी हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा बस्नेत सःमिल चलाउँछन् । श्रीमती मिनाका अनुसार करिब ४ दिनअघि एकराज घरबाट निस्केका हुन् । अहिले पनि उनको मोबाइल बन्द छ ।

एक छोरा र एक छोरी बाबु हुन् एकराज । अर्कोतिर विमलाका पनि दुई छोरा छन् । एकराजसँग प्रेममा पर्दा उनी विवाहित भए नभएको कुरामा राज्यमन्त्री वली जानकार भए नभएको भन्ने कुरा खुल्न सकेको छैन् ।

तर, एकराजले घरमा जहान–परिवार हुँदाहुँदै विमलासँग जानाजान अनैतिक सम्बन्ध राखेका हुन् । यसअघि उनीहरुको सम्बन्धलाई लिएर म्वाई खाएको तस्बिरसहित समाचार प्रकाशित भएपछि खण्डन गरेका थिए ।त्यसबेला उनीहरुले नातामा आफूहरु दिदीभाई भएको भनेर बचाउ गरेका थिए । तर, अन्ततः उनीहरूको विवाहेत्तर सम्बन्ध पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published.