बालेनको महानगर नजिकै छन् भक्तपुरका नगर प्रमुख प्रजापति, जो बालेनकै शैलीमा गाउँ शहर र बाढी प्रभावित क्षेत्रमा आँफै पुग्छन् जनताको सेवामा

समाचार

भक्तपुर, १ असार :केही दिनदेखि परेकाे अविरल वर्षाका कारण नगर क्षेत्रमा परेकाे असर बुझ्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रभावित क्षेत्रमा पुगेका छन् ।

भक्तपुर नगरपालिका वडा नम्बर ३ र ४ का विभिन्न ठाउँमा उनले बुधबार निरीक्षण गरेका हुन् । अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खालामा आएको बाढीले नगरका विभिन्न ठाउँ डुबानमा परेका थिए ।

सोही अवसरमा उनले भक्तपुर नपा वडा नम्बर ३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा वडा नम्बर ४ राममन्दिरस्थित शान्ति निकेतनमा पसेको बाढीको निरीक्षण गरे ।

सो अवसरमा स्थानीय जनताले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनु पर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटो व्यवस्था गर्नुपर्ने लगायत आवश्यकताबारे नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

उनले जनताले गुनासोमाथि चासो लिँदै सक्दो चाँडो व्यवस्थाको लागि प्राविधिकहरुमार्फत कार्य अघि बढाउने विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published.