‘एकराज खोइ’ भन्दै छट्पटाउने विमलालाई डिप्रेसनको लक्षण रहेको डाक्टरको भनाइ

समाचार

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चेकजाँच गरिएको हो । राज्यमन्त्री वलीलाई गएराति दाङबाट बुटवल लगिएको थियो । बुटवल लैजाँदै गर्दा वलीले अधिकांश समय ‘एकराज खोइ रु’ भन्दै बर्बराएको माओवादी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार वली अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । विमलालाई राति उपचार सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर इन्द्र ढकालले पुष्टि गरे ।

‘मन्त्रीज्यूलाई राति अस्पताल ल्याइएको थियो’, मेसु ढकालले भने, ‘अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो । तर, उहाँले भर्ना हुन मान्नुभएन ।’

उनलाई अर्धचेत अवस्थामा राति अस्पताल ल्याइएको मेसु ढकालले बताए । डाक्टर ढकालका अनुसार वलीमा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ ।डिप्रेसनको लक्षण देखिए पनि विशेषज्ञ डाक्टरले चेकजाँच नगर्दासम्म केही भन्न नसकिने डा। ढकालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.