‘एकराजलाई बारम्बार अनुरोध गर्दा पनि सम्पर्कविहीन बनेपछि घरमै जान बाध्य भएँ’ : राज्यमन्त्री विमला

समाचार

मंगलबार प्रेमीको घरमा पसेर प्रेमीकी पत्नि र छोरीलाई लछारपछार पारेर भाइरल बनेकी लुम्बिनीकी स्वास्थ्यराज्यमन्त्री विमला खत्री वली बेहोस भएकी छिन् ।

मंगलवार दाङको तुलसीपुरमा महिला र बालिकालाई कु टपि ट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी उनलाई मुख्यमन्त्री कूलप्रसाद केसीको निर्देशनमा बुटवल ल्याइएकी वलीलाई राति नै प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

एकराज बस्नेतले आफूबाट सापटी लगेको पैसा दिन बारम्बार अनुरोध गर्दा पनि नदिई सम्पर्कविहीन बनेपछि पैसाको कारोबार मिलाउने एकराजको घर पुगेको मन्त्री वलीले प्रहरीलाई बताएकी छन् ।

उनका अनुसार वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार थियो । त्यो कारोबार मिलाउन एकराजसँग एक हप्तादेखि छलफल भइरहेको थियो । फोनमा कुरा भए पनि एक हप्तादेखि सम्पर्कमा नभएपछि विमला घरमै जान बाध्य भइन् । ‘एकराजले मेरो पैसा सापटी लिएको, त्यही पैसाको कारोबारका लागि म घर गएकी थिएँ,’ उनले भनिन्, ‘फोनमा त कुरा भइरहेको थियो, तर एक हप्तादेखि भेट हुन सकेको थिएन ।’

जब उनी घरमा पुगिन् त्यसपछि एकराजलाई भेट्टाउन नसकेको मन्त्री विमलाको भनाइ छ । ‘जब म घरमा पुगेँ, त्यहाँ एकराज नभेटिएपछि ‘खोइ ! एकराज भनेर सोधेकी हुँ,’ त्यसपछि एकराजको श्रीमतीले जेठाजु वीरेन्द्र बस्नेतलाई बोलाएको विमलाले बताइन्।

जेठाजु वीरेन्द्र बस्नेतसहित घरपरिवार र छिमेकी आए । उनीहरू आएपछि भित्रबाट घरको गेटमा चुकुल लगाए । चुकुल लगाएपछि वीरेन्द्रले आफूलाई गा लीग लौ ज गरेको बताएकी छिन् । ‘वीरेन्द्र आएपछि भित्रबाट चुकुल लगाए, त्यसपछि नानाथरी गा लीगलौ ज गरे, अ पशब्द बोले, एकपटक वीरेन्द्र पि ट्न पनि उठेक थिए, त्यतिवेला, पिएसओ र मीनाका ससुरा बुबाले छेकेपछि पि ट्नबाट रोकिए ।

Leave a Reply

Your email address will not be published.