कुवेतबाट फर्किएनन् प्रशिक्षक अल्मुताइरी, नेपाली टोली फर्कियो तर अल्मुताइरी भने उतै बसे

खेलकुद

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुवेत गएर फर्किएका छैनन् ।एएफसी एसिया कप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली बुधबार त्यहाँबाट फर्किएपनि अल्मुताइरी भने उतै बसेका छन्।

उनी विदा बसेको बतायएको छ।छनोटमा नेपालले पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ गोलले पराजित भएको नेपालले तेस्रो खेलमा इन्डोनेसियासँग ७-० गोल अन्तरको लज्जास्पद शार व्यहोरेको थियो ।

यो प्रतियोगितामा प्रशिक्षक अल्मुताइरीसँगको विवादका कारण पहिलो रोजाईका ११ जना खेलाडी राष्ट्रिय टोलीमा थिएनन्। केहीदिन अघि भएको प्रतियोगिताका क्रममा अल्मुताइरी बेहोस भएर ढलेका पनि थिए।

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री : प्रधानमन्त्री शेरबहादुर देउवाले आज संघीय संसदमा सम्बोधन गर्ने भएका छन् ।

रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रम देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका हुन् ।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । बजेटमाथिको छलफल सकिएपछि मन्त्रीहरुले जवाफ दिइरहेका हुन् । बिहीबार नै अर्थमन्त्री जनार्दन शर्माले पनि संसदमा जवाफ दिने छन् ।प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

आज त्यसबाहेक राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.