काठमाण्डौ महानगरले हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने

समाचार

काठमाण्डौ महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चेतावनी दिएको छ ।

सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ । स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नबन्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

काठमाडौं । पछिल्लो दुई साता निरन्तर गिरावट आएको नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । बिहीबार नेप्से सूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको हो । यस्तै, सेन्सेटिभ इण्डेक्स २.९३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले बढेको छ ।

बिहीबार कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर १ अर्ब १८ करोड ७१ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने अघिल्लोे दिनको भन्दा कम छ । बुधबार करिब डेढ अर्बको शेयर कारोबार भएको थियो ।

बिहीबार नेप्सेका १३ उपसमूहमध्ये लगानी उपसमूहबाहेक १२ उपसमूहको परिसुचक हरियाली भएको छ । जसमा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ । यता व्यापार उपसमूहको सूचक १.४८ प्रतिशतले बढेको छ भने बाँकी सबै उपसमूहको सूचक शुन्य प्रतिशत भन्दा बढीले बढेका छन् ।

बिहीबारको कारोबारमा आँधिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । त्यस्तै रिभर फल्स हाइड्रोपावरको ९.९७ प्रतिशत, सामुदायिक लघुवित्तको ९.९६ प्रतिशत र कालिका लघुवित्तको ७.६९ प्रतिशतले बढेको छ । यता लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ३.८० प्रतिशतले घटेको छ ।

राष्ट्र उत्थान लघुवित्तको ३.४१ प्रतिशत र हिमालयन पावर पार्टनरको २.०६ प्रतिशतले घटेको छ । कारोबार रमकको आधारमा नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा धेरै १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।एनसीसी बैंकको १० करोड ३५ लाख, सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published.