निहारिकालाई छोरी बनाउँछु भनेपछि सामाजिक संजालमा करिश्मामाथि खनियो खेदो

समाचार

अभिनेत्री करिष्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेसँगै विबादमा तानिएकी छिन् ।Open photo

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेसँगै संजालका प्रयोगकर्ताले सूर्यकुमारी भेट्न नगई घरमा बसेर फेसबुकमा स्टाटस लेखेर निहारिका र उनको छोराले न्याय नपाउने उल्लेख गरेका छन् ।

करिश्माले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको र उनी अनसनरत स्थानमा जान समेत आँट नआएको उल्लेख गरेता पनि सामाजिक संजालमा करिश्माको यो निर्णयमाथि खनिँदै न्यौपाने मञ्जुले ासमाजिक संजालमा लेख्छिन् साहारा भन्दा न्यायको लागि पहल गरौँ ।Open photo

त्यस्तो सागर सेन्चुरी नामका प्रयोगकर्ता लेख्छन् सूर्य कुमारीजी उहाँलाई न्याय दिलाउन सहयोग गर्नुहोस् । त्यस्तै मोटे थगुना नामक प्रयोगकर्ताले सूर्यकुमारीजीले कुरा बुझिनन् जस्तो छ भनेर लेखेका छन् ।

उनले बिहिबार सामाजिक सञ्जालमा निहारिकालाई छोरीको रुपमा आफूले पाल्न चाहेको पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’Open photo

उनले अन्त्यमा सावित्री सुवेदीलाई पनि धन्यवाद दिएकी छिन् । २१ महिनाको आफ्नो दुधे बालकलाई लिएर निहारिका पछिल्लो ७ दिनदेखि अनसनरत छिन् ।

Leave a Reply

Your email address will not be published.