निहारिकाले तोडिन् २७ दिनदेखिको अनसन

राजनिति समाचार

महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले २७ दिने अनसन तोडेकी छन् । सरकारकारसँग ५ बुँदे सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी हुन् ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनका छोराको सुरक्षा आवास व्यवस्थापनका लागि पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।

नेपाल एयरलाइन्सका अध्यक्षमाथि गालीगलौज गर्दै हातै हाले भाइरल मन्त्री प्रेम आलेले-विबादित मन्त्री हुन् प्रेम आले ।पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेका छन्।मन्त्री आलेले आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् । मन्त्री आलेले फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको सेतले जनाएको छ ।

मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा आफ्ना मान्छे राख्न खोजेको र अध्यक्ष युवराज अधिकारीले नमानेका कारण उनी जाइलागेको बुmिभन्छ ।

अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र अन्यको प्रकृया अगाडी बढेका बेला मन्त्री आले जाइलागेका हुन् । मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका बेला पछिल्लो समय जाइ नै लाग्न पुगेको स्रोत बताउँछ ।

अध्यक्ष युवराज अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाउँदै आएका बेला प्रेम आलेको फेला परेका हुन् । मन्त्री आलेले यसअघि पनि एक युवकलाई जथाभावी बोल्दै धम्की दिएको अडियो भाइरल बनेको थियो । सो प्रकरणमा उनीमाथी छानबिन, कारवाही केही पनि अघि बढाइएन ।

Leave a Reply

Your email address will not be published.