लोक सेवाबाट जागिर निकालेको ५ वर्षमै सुब्बाले कमाए ६ करोड बढी रुपैयाँ

समाचार

काठमाडौं । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा रहँदा ५ बर्षमा नै ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका अनुसार भण्डारीले २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत वरिष्ठ व्वस्थापन सहायक पदमा लोक सेवा आयोगबाट जागिर निकालेका थिए ।

सार्वजनिक सेवामा प्रवेश गरेका केही बर्षमा नै राज्यबाट आफूलाई पुग्ने रकम भ्रष्ट्राचार गरे उनले जागिरबाट राजीनामा दिए ।२०७७ साउनमा नै उनले स्वेच्छिक अवकाश लिएका थिए । सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्ममा कमाएको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँको स्रोत नखुलेपछि अख्तियारले हेरेको छ ।

भण्डारीले कमाएको सो रकमको माग दाबीसहित शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।उनले सरकारी सेवामा रहँदा नै अकुत पैसा कमाएको अख्तियारको ठहर छ ।

Leave a Reply

Your email address will not be published.