अन्तत करिश्माले निहारिकालाई आफ्नै घरमा लगेर छाडिन्, छोरी कवितासँग तुलना गरेकी निहारिका के साँच्चिकै करिश्मासँगै बस्लिन् त ?

मनोरंजन समाचार

यतिबेला सबैतिर चर्चाकी पात्र बनेकि छिन् निहारिका राजपुत ।बलात्कार बाट सन्तान जन्मिए पछि त्यसको डिएनए परिक्षण गरी पाउँ लगायतमा माग राखेर अनसनमा बसेकी उनले सरकार संग सहमती पछि अनसन तोडेकि थिईन् ।

उनलाई आफ्नो छोरी सरह घरमा राख्ने सार्वजनिक अभिब्यक्ति दिएकी नायिका करिश्मा मानन्धर पनि आलोचनाको शिकार बन्न पुगेकि थिईन् ।

उनै नायिका करिश्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई आफ्नो घरमा लगेकी छन् । निहारिकासँग घरको छतमा खिचिएको एक तस्बिर सार्वजनिक गर्दै उनले निहारिकालाई घरमा लगेको जानकारी फेसबुक मार्फत दिएकी हुन् ।

उनले फेसबुकमा पोष्ट गर्दै भनेकि छिन्– धेरैले लेखेर मलाई ट्याग गर्नु भएको रहेछ कि निहारिकालाइ तपाईंको दया होइन न्याय चाहिएको हो । सहि कुरा हो तर तपाई हाम्रो साथ पाइनन भने उनले न्याय कसरी पाउलिन ।

१९ वर्षिया किशोरीले जुन हिम्मत देखाएर न्यायको निम्ति लडदै छिन उनी आफैमा शक्तिशाली छिन तर यो अवस्थामा उनलाई मानसिक र आर्थिक दुबै सपोर्ट्को आवस्यकता छ ।

मेरो अनुरोध छ हजुरहरु लाई हरेक कुरालाई सकारात्मक कोण बाट हेर्ने गर्नुहोला । जस्ले जे भने पनि निहारिका मेरो छोरि सरह हो मेरो साथ उनी संग रहने छ ।

Leave a Reply

Your email address will not be published.