शिशुहरुका लागि मुख तेस्रो हात बराबर हो, केही न केही निल्छन् : निलिहाले के गर्ने ?

स्वास्थ्य

काठमाडौं । बच्चाहरूले आफ्नो मुखले आफ्नो संसार खोज्छन्। उनको शिशु अवस्थाका लागि सबै खुशी नै मुखबाट छ ।निगरानी राख्दापनि सकिन्न । कतिबेला के मुखमा हालिहाल्छन् ।बच्चाहरूले अनजानमा सानो भागहरू (सिक्का, ढुङ्गा, पेन्सिल, टोपी, आमाका पोतेका दाना वा मोतीहरू निल्न्छन्। यो शिशु बेला नै बच्चालाई अनेकौँ गम्भीर रोगबाट बाउनु ।

बच्चाहरूले अक्सर अनजानमा वस्तुहरू मुखबाट निल्ने गर्छन्। आमाबाबुले त्यसपछि केही कुरामा ध्यान दिनुपर्छ । हेर्दा हेर्दै केही बस्तु मुखमा हालिहाले भने के गर्ने यी हाम्रो सुझावहरू प्रयोग गर्नुपर्छ।

तीन वर्षसम्मका बालबालिकाहरूले खेलौनाका पार्टपुर्जा, सिक्का, ढुङ्गा, मोती, बटन, अन्य घरायसी तथा अनेकौँ वस्तुहरू निल्ने सम्भावना बढी हुन्छ।अझ स्कूलका बालबालिकाहरू आफ्नो मुखलाई तेस्रो हात को रूपमा प्रयोग गर्न मन पराउँछन् । भाँच्ने, टोक्ने उनीहरुको साधार नै मुख हुन्छ । उदाहरणका लागि खेल्दा वा केही कुरा तयार गर्दा तिनीहरूले दाँतले टोकिहाल्छन् ।

बच्चाले केहि निल्यो भनेर कसरी चिन्ने ?
यदि बच्चाहरूले केही चीजहरू निल्यो भने, तिनीहरू या त श्वासनली वा पाचन पथमा जान सक्छन्। कहिलेकाहीँ तपाईले हेर्दा केहि देख्नुहुन्न। तर साना टुक्राहरु बच्चाको मुखबाट पसिसकेको हुन्छ ।

खानाको नलीमा केही बस्तुहरु बस्यो भने बच्चाहरु बान्ता गर्ने गर्छन् । दुखाइ निम्त्याउन सक्छ। यसले धेरै रुन थाल्छन् । यदि निलिएको भाग पेटमा जाँदा बाटोमा अड्कियो भने, यसले पाँचदेखि छ घण्टामा ज्यान जोखिममा पार्न सक्छ।

आमा बाबुले ख्याल नगर्दा बच्चाहरूको पेट र आन्द्राहरूबाट तीखा पिन, काँटी, सियोहरु छिर्ने गर्छन् । यसले अत्याधिक पेट दुखाउँछ ।

पाचन अंगहरूमा क्षति गर्छ र विषाक्तता उत्पादन गर्न वा निम्त्याउन सक्छ। बच्चा छटपटाएर रोयो भने यसको शंका गर्नुपर्छ ।विशेष गरी खतरनाक वस्तुहरू स्टेपल, थम्बट्याक, नङ, सुई, रेजर ब्लेड जस्ता धारिलो वस्तुहरू साना बच्चा भएको घरमा अति नै ख्याल गर्नुपर्छ । साना दान आकारका घडीका जस्ता ब्याट्री र टाँक, बटनहरूमा अति ख्याल गर्नुपर्छ ।

यदि बच्चाले केहि निल्यो भन्ने शंका लागे के गर्ने ?
यदि तपाईंले पत्ता लगाउनुभयो वा शंका गर्नुभयो कि तपाईंको बच्चाले कुनै वस्तु निल्यो भने आमाबाबुले गर्नुपर्ने पहिलो कुरा नहडबडाउनुहोस् । आत्तिनुभयो भने अरु कुरा बिग्रिन्छ ।

आफ्नो बच्चाको पेट आफ्नो हातमा वा तिघ्रामा रहनेगरी राख्नुहोस्। टाउको हात वा तिघ्राभन्दा तल झुन्डिएको हुनुपर्छ । पछाडि ढाडमा हल्का डुकुमुकुडुकुमुकु गराउनुहोस् । यो अति नै विस्तारी हुनुपर्छ । यसो गर्दापनि खसेन भने चाँडो एम्बुलेन्स बोलाउनुहोस्।डाक्टरहरुको फोन नम्बर राख्ने गर्नुहोस् । एम्बुलेन्समा राख्दै राख्दै डाक्टरलाई फोन गर्नुहोस् । डाक्टरले भनेअनुसार गर्दै अस्पताल जानुहोस् ।

Leave a Reply

Your email address will not be published.