‘कबड्डी ४’ले नेपाली, हिन्दी सबै फिल्मको रेकर्ड तोड्यो : भारतमापनि राम्रो कलेक्सन

मनोरंजन

काठमाडौं । बहुचर्चित फिल्म ‘कबड्डी ४’ले अहिलेसम्मका नेपाली फिल्मका सबै रेर्कड तोडेको छ ।यतिमात्र हैन नेपाली हलमा चलेका अहिलेसम्मका सबै हलिउड बलिउड फिल्मको समेत रेकर्ड तोडेको छ ।

तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएर अहिलेसम्म सर्वाधिक कमाउने फिल्म बनेको हो । तेस्रो सातामा भने फिल्मको कलेक्सनमा गिरावट आएको देखिन्छ ।सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कमाइ गरेको ‘कबड्डी ४’ले काठमाडौं उपत्यकाबाट ११ करोड ५८ लाख ग्रस र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कमाएको हो ।

कीर्तिमानी कमाइ गरेको फिल्म बाहुबली–२ ले नेपालमा पनि दुई सातामै १८ करोड रूपैयाँ कमाएको थियो । यो रकेर्डलाई ‘कबड्डी ४’ ले उछिनेको छ ।

यो फिल्म शुक्रबारदेखि सिक्किमबाहेकका भारतीय राज्यमा प्रदर्शनमा आएको छ । भारतमा ओपनिङ राम्रो रहेको विवरण प्राप्त भएको निर्माता तथा निर्देशक रामबाबु गुरुङले जानकारी दिए ।

फिल्मको शुक्रबारदेखि नेपाली हलमा चौथो सातामा प्रदर्शन सुरु भएको छ । चौथो सप्ताहन्तमा फिल्मले २२ करोड ग्रसको आँकडा पार गर्ने अनुमान छ । फिल्मले दोस्रो साताको अन्त्यमा ‘छक्का पञ्जा ३’को ओपनिङ रेकर्डलाई उछिनेको थियो ।

‘कबड्डी ४’ले अझै पनि अस्ट्रेलिया, जापान र केही युरोपेली मुलुकका सिनेमा हल ‘होल्ड’ गर्दा ‘चिसो मान्छे’ ती ठाउँमा प्रदर्शन हुन सकेको छैन ।‘कबड्डी ४’ विदेशमा २ करोड २१ लाख रुपैयाँ नेटमा बिक्री भएपनि ग्रस कलेक्सन १० करोड जति हुने प्रक्षेपण छ ।

Leave a Reply

Your email address will not be published.