जादाजादैं मन्त्री आलेले झलनाथ खनालसँग यसरी लिनेभए बदला

राजनिति

काठमाडौं । पछिल्लो समय गठबन्धन सरकारमा भएको मन्त्रीहरु मध्ये विवाद र चर्चामा आउनेमध्ये १ नम्बरमा पर्ने नाम हो प्रेम आले । विश्लेषकहरुले त मन्त्री आलेलाई पार्टीभन्दा बलियो मन्त्री भनेर समेत टिप्पणी गर्ने गर्दछन् । पहिलोपटक मन्त्री बन्दा नाम भन्दा पनि बदनाम बनेका मन्त्री आले यसपटकको कार्यकालमा भने विवाद भन्दा बढी वाहीवाही पनि कमाएका छन् ।

एकीकृत समाजवादीबाट हाल मन्त्री रहेका टोलीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन हुन सकेको छैन । बजेट पारित भएको छ, तर गठबन्धनकै दलहरुभित्र लफडा भएका कारणले समाजवादीले मन्त्रीका लागि पठाएको चारजना सांसदहरुको नाम बालुवाटारमा अलपत्र परेको छ र शपथ ग्रहणको समेत टुंगो लागेको छैन ।

मन्त्रीका लािग सिफारिस भएकाहरू दुई सातादेखि अलपत्र भएका छन् । मन्त्रीमा सिफारिस भएकाहरूको नाम पनि संशोधन हुन सक्ने चर्चा पनि नेकपा एसमा सुरु भएको छ । यद्यपि, बजेट पारित भइसकेकाले मन्त्रीहरु हेरफेर गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवा भने राजी भइसकेका छन् । एकीकृत समाजवादीका मन्त्रीहरुले मन्त्रालयबाट ल्याउने प्रस्ताव पनि गर्नैपर्ने वाध्यात्मक बाहेकका प्रस्ताव मन्त्रिपरिषद बाट निर्णय नगर्ने पनि सहमति भइसकेको छ ।

मन्त्रीहरुले जाँदाजाँदै जस्तोसुकै निर्णय पनि गर्न सक्ने भएकोले लगाम लगाउने खोजिएको बताइएको छ । २०७९ जेठ २६ गते बिहीबार बस्नुपर्ने मन्त्रिपरिषद् बैठक यस्तै कारणले नबसेको पनि बताइएको छ । २०७९ जेठ २२ गते आइतवार मन्त्रीहरु हेरफेर गर्ने निर्णय भएपनि उनीहरुलाई प्रधानमन्त्रीले जेठ २३ गतेको मन्त्रिपरिषद् बैठकमा बोलाइएको थियो । तर, जेठ २६ गते बिहीबार भने मन्त्रिपरिषद् बैठक नै बसेन । यो जेठ ३१ गते बस्ने सोमबारको नियमित मन्त्रिपरिषद् बैठकले नेकपा एकीकृत समाजवादी मन्त्री प्रेम आलेले तारा गाउँ विकास समितिको अध्यक्ष कार्यकारी निर्देशक नियुक्त गर्न भने भ्याएका छन् ।

एकीकृत समाजवादीभित्र सोमप्रसाद पाण्डेको नेतृत्वमा सरकारमा जाने कि भन्ने छलफल पनि चलिरहेको स्रोत बताउछ । गत साता सिफारिश गरेका नामहरुमध्ये एकजनाको फिर्ता लिएको अवस्थामात्रै पाण्डेको नाम सिफारिश हुनसक्छ । अहिले त्यो नाम हेरफेर हुने संभावना कम रहेको पनि बताइएको छ । पाण्डेबाहेक कल्याणी खड्का र धनबहादुर बुढाको नाम मन्त्रीमा चर्चा थियो । तर, उनीहरुको नाम नपरेपछि अहिले पाण्डेको नाम चर्चामा आएको हो । पुरानामध्ये राज्यमन्त्री भवानी प्रसाद खापुङलाई मन्त्री बढुवा गरेर सिफारिश गरिएको थियो ।

अहिले खापुङलाई पनि फिर्ता गर्नुपर्ने आवाज उठिरहेको छ । त्यसो हुँदा नयाँ मन्त्री एकजना समेटिने भन्दै खापुङको विरोध भएको छ । शहरी विकास मन्त्री कन्फर्म भन्दै हल्ला चलाएकी खड्का पनि मन्त्रीका लागि सिफारिसमा नभएपछि अहिले तनावमा रहेको चर्चा पनि छ। पहिलो लटमै मन्त्री हुन खोजेकी खड्का दोस्रो लटको सिफारिशमा पनि परिनन् ।

रौतहटमा एकीकृत समाजवादीलाई चारवटा पालिका जिताएको जस लिएर खड्का मन्त्रीको दावी अहिले पनि छोडेकी छैनन् । तर, उनी संसदीय समितिको सभापति रहेका कारण उनलाई मन्त्री बनाउन माधव नेपाल राजी भइसकेका छैनन् । समितिको सभापतिलाई राज्यमन्त्री सरहको सुविधा उपलव्ध हुने गरेको छ । रौतहटको कम्युनिष्ट राजनीतिमा योगदान गरेकी र स्थानीय तहको निर्वाचनमा महत्वपूर्ण भूमिका खेलेकी सांसद सरला कुमारी यादवलाई माधव नेपालले अन्याय गर्ने गरेको गुनासो पनि चर्किएको छ ।

प्रदेश १ बाट दरिलो समर्थन गर्ने सांसद खापुङमात्रै भएका कारणले माधव नेपालले खापुङलाई एक महिना भए पनि फूलमन्त्री बनाउने एकीकृत समाजवादीमा चर्चा भइरहेको छ । बरु, त्यसपछि खापुङलाई फिर्ता गरेर अर्को सांसदलाई पठाउन सकिने पनि चर्चा हुने गरेको स्रोतको भनाइ छ ।

झलनाथसँग बदलाः मन्त्री प्रेम आलेलाई जसरी पनि फिर्ता गर्नुपर्ने पक्षमा सम्मानित नेता झलनाथ खनाल देखिएका छन् । खनालको सिफारिशमा राजनीतिक नियुक्ति पाएकाहरुलाई मन्त्री आलेले हटाउनेदेखि कारबाही गर्नेसम्मका हर्कत गरेको भन्दै पार्टीभित्र टिप्पणी हुने गरेको छ । वायुसेवा निगमको अध्यक्ष युवराज अधिकारी र पर्यटन पुनरुत्थान कमिटीका मधुसुदन गिरीलाई मन्त्री आलेले निशाना बनाउदै आएका छन् । यी दुवै खनालनिकट मानिन्छन् । मधुसुदन गिरीको कमिटी खारेज गरिसकेका मन्त्री आलेले अध्यक्ष अधिकारीलाई भने जाँदाजाँदै जसरी पनि बर्खास्त गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published.