रवि लामिछानेपछि राजेश हमाल पनि ताते

राजनिति

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा स्वतन्त्र व्यक्तीहरुको ईन्ट्री भइरहेको छ । स्थानिय चुनावमा स्वतन्त्र उम्मेदवारहरुले राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा जित हासिल गरेपछि राजनीतिप्रति युवा देखि स्वतन्त्र र पब्लिक फिगरहरुको प्रवेश हुन लागेका हुन् ।

यही क्रममा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने टेलिभिजनको पत्रकारिता छाडेर राजनीतिमा होमिने निर्णय गरेका छन् । रवि स्वतन्त्र उम्मेदवारको रुपमा राजनीतिमा अगाडि बढ्ने बताइएको छ । संसदिय निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ३ बाट चुनाव उठ्ने तयारी लामिछाने रहेको उनी निकटहरु बताउछन् ।

रवि राजनीतिमा प्रवेश गर्दै गर्दा उनीसँग नेपाली फिल्मका कलाकार तथा क्याप्टेन बिजय लामाले पनि राजनीतिक यात्रा सुरु गर्न लागेको बुझिएको छ । यो बिषयमा औपचारिक घोषणा भने हुन बाँकी छ । तर, श्रोतका अनुसार काठमाडौं वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारको रुपमा राजनीति यात्रा सुरु गर्ने बिजय लामा पनि तयारी अवस्थामा छन् ।

यसैबीच, रविले नेपाली फिल्मका सफल नायक राजेश हमालसँग पनि कुराकानी अगाडि बढाएका थिए । राजेश हमालले भने यो बिषयमा अहिलेसम्म कुनै पनि निर्णय गरिसकेका छैनन् । तर महानायक हमाल पनि तातेका छन् ।

नेपाली फिल्म क्षेत्रका सफल नायकले राजनीतिमा कुनै पनि बेला आउन सक्ने संकेत दिइरहेका छन् । तर, स्वतन्त्र रुपमा आउने वा कुनै पार्टीको उम्मेदवार भएर आउने भन्ने बिषयमा राजेश अझै दोधारमा छन् । तर, रविले हमाललाई पनि अगाडि लिएर जान खोजेको वुझिएको छ । संभवतः असार ७ गते रविले राष्ट्रिय सभा गृहमा केही नयाँ घोषणा गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published.