दुबईका राजकुमार नेपालमा, काठमाडौं ओर्लने वित्तैकै दुर्गा प्रसाईँसँगै अगांलो हालेर उडे झापातर्फ

समाचार

काठमाडौं । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आइपुग्नुभएको छ ।उहाँ ३ दिने नेपाल भ्रमणका लागि शनिवार आइपुग्नुभएको हो ।नेपाल भ्रमणकै क्रममा उहाँले विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । उहाँ शनिबार नै झापा पुग्नुभएको छ ।

झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै संचालनमा आइसकेको छ ।अस्पताल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संचालनमा ल्याउनुभएको हो ।उक्त क्यान्सर अस्पतालको सुभारम्भ भएसँगै नेपालको पूर्वी क्षेत्रका क्यान्सरका बिरामीहरु काठमाडौं, चितवन तथा भारतको विभिन्न अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएको प्रसाईको दावी छ ।

राजकुमारलाई लिन प्रसाई काठमाडौं नै आउँनुभएको थियो । उहाँले राजकुमारसँग अंगालो हालेर तस्वीर समेत खिचाउनुभयो ।व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार सङ्घको आग्रह राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ ।सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीहरुले व्यवसाय दर्तादेखि घरभाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चीनकाजी महर्जनले न्यूरोड क्षेत्रमा देखिएका व्यवसायीको समस्या समाधान गर्न जनप्रतिनिधिको सधँै साथ र समर्थन रहने बताउनुभयो । “जनप्रतिनिधि र व्यवसायी मिल्ने हो भने न्यूरोड क्षेत्रको अधिकांश समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो ।अध्यक्ष महर्जनले आफ्नो वडाले व्यवसायीबाट वार्षिक रु १२ करोडभन्दा बढी रकम राजस्व उठाउने गरेको बताउँदै यस क्षेत्रको समस्या समाधानका लागि पनि वडाले खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ महानगरपालिका–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीले व्यवसायीको लगानीको सुरक्षा गर्न स्थानीय सरकार कटिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो ।

उहाँले बजारलाई सुरक्षित बनाउनका लागि आवश्यक पर्ने सिसिटिभी जडानलाई वडाले विशेष प्राथमिकता दिने उल्लेख गर्नुभयो । राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष सरोजकुमार श्रेष्ठले न्यूरोड क्षेत्रमा व्यवसायी र घरबेटीबीच भाडा, बिजुली, ढल, बिजुली तथा इन्टरनेटको तारलगायतको समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष हेम खरेलले बैंकले एलसीका लागि नगद जम्मा गर्ने नियम लागू गर्दा मझौला व्यवसायी समस्यामा परेको बताउनुभयो । उहाँले बिक्रेताले ढुवानीको पैसा तिनुपर्ने नियमले व्यवसायी मर्कामा परेका छन् भन्नुभयो ।

सङ्घका पूर्वध्यक्ष नयनबहादुर पण्डित क्षेत्री, महासचिव वैकुण्ठ दाहालगायतले बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि बजारभित्र गल्लीको नामाङ्कन गरी ‘लोकेशन म्याप’ राख्नुपर्नेमा जोड दिनुभयो । विसं २०६१ मा स्थापना भएको सङ्घमा न्यूरोड क्षेत्रका दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published.