हिजो मात्र राजनीतिकमा घोषण गरेका रबि लामिछाने आज जनताको समस्या बुझन पुगे दुर्गम बिकट ठाउ ठाउमा (फोटो फिचर)

राजनिति समाचार

हिजो मात्र राजनीतिकमा घोषण गरेका रबि लामिछाने आज जनताको समस्या बुझन पुगे दुर्गम बिकट ठाउ ठाउमा (फोटो फिचर)हिजो मात्र राजनीतिकमा घोषण गरेका रबि लामिछाने आज जनताको समस्या बुझन पुगे दुर्गम बिकट ठाउ ठाउमा

टेलिभिजनकर्मी रवि लामिछाने पूर्णकालीन राजनीतिमा होमिएका छन् । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको उत्साहजनक उपस्थिति देखिएसँगै हौसिएका लामिछाने संघीय निर्वाचन लड्ने तयारीका साथ राजनीतिमा होमिएका हुन् ।

एक भिडियो क्लिपमार्फत लामिछानेले आज (बिहीबार) देखिनै आफू पूर्णकालीन राजनीतिमा होमिएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण राजनीतिक योजना आगामी असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गर्ने बताएका छन् । ‘म रहरले सञ्चारकर्मी भएको हुँ ।

तर, परिस्थितिले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु’, लामिछानेले भने, ‘यो मेरो सपना, चाहना, क्रान्ति, विद्रोह, रहर, आकांक्षा, महत्वाकांक्षा केहिपनि होइन । यो समाजलाई मेरो तर्फबाट मैले फिर्ता दिन खोजेको योगदानका रुपमा ग्रहण गरिदिनु होला ।

अबको मेरो यात्रा राजनीतिको यात्रा भयो ।’उनले आफूले सञ्चालन गर्दै आएको कार्यक्रम सिधा कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पनि बताएका छन् ।मेरो राजनीतिक यात्रा कस्तो हुनेछ भन्ने थाहा पाउन यही असार ७ गते दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा आउनु होला’, लामिछानेले भने, ‘म आफ्नै सबै कुरा त्यहाँ भन्नेछु ।

तपाईँका लागि दिन मसँग खाना, खाजा, गाडी, बाइक, पेट्रोल खर्च केही पनि छैन । तर, यो मुलुकले खोजेको नेतृत्व र त्यसको खाका कोर्ने योजना चाहिँ छ ।‘भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ’, उनले भने, ‘अब म तयार भएँ तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।

लामिछानेले रहरले आफू सञ्चारकर्मी भएको र परिस्थितिले राजनीतिज्ञ बन्न खोजेको बताए ‘भोलि बिहान उदाउने सूर्यले हाम्रा लागि परिवर्तन ल्याउँदैन, गर्न त हामीले नै पर्ने रहेछ’,उनले भने, ‘अब म तयार भएँ तपाईँ तयार हो ? आउनुस् सभागृहबाटै आफ्नो बाटो तय गरौँ ।’लामिछानेले रहरले आफू सञ्चारकर्मी भएको र परिस्थितिले राजनीतिज्ञ बन्न खोजेको बताए

Leave a Reply

Your email address will not be published.