देश र जनताका लागि काम गर्नेको शैली नै बेग्लै, मेयर बालेन साहको यो कदमपछि एमाले र सत्तागठबन्धन दलहरुमा छायो खुसीको बहार !

राजनिति समाचार

काठमाडौं । देश र जनताप्रति समर्पित जनप्रतिनिधीहरुको काम गर्ने शैली नै छुट्टै हुने गर्दछ । यही शैलीका कारण उनीहरुले विपक्षीहरुको समेत मन जित्न सफल हुने गरेका छन् ।

यसैको उदाहारण बनेका छन् काठमाडौं महानगरपालिकाका मेयर बालेन साह । बालेन साहको कदमपछि विपक्षी दलका रुपमा रहेका एमाले र सत्ता गठबन्धन दलहरुमा खुसियाली छाएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । स्वतन्त्रबाट विजयी भएका प्रमुख बालेनले सबै पार्टीका अवधारणाहरुलाई महानगरको विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् । आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिका स्रोतले जनाएको छ ।

महानगरको सबैभन्दा धेरै वडामा काँग्रेसको नेतृत्व छ । त्यस्तै एमाले र नेकपा एकीकृत समाजवादीको पनि वडामा नेतृत्व रहेकाले उनीहरुको धोषणा पत्रलाई पनि प्रमुख शाहले नीति तथा कार्यक्रममा समावेश गर्न लागेका हुन् ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बस्ने तयारी भइरहेको छ । यसघि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाइएको थियो । काठमाडौं महानगरले यही असार १० गते बजेट ल्याउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.