सुनको लौरोले चुर्लुम्मै डुबाएपछि दुर्गा प्रर्साइले गरे ठूलो घोषणा !

राजनिति समाचार

काठमाडौं । अहिले दुवईका राजकुमार भनिएका व्यक्तीले मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई दिएको सुनको लौरोले चर्चा पाएको छ ।स्थानिय तह चुनावका बेला चर्चित बनेको लौरो अहिले फेरि चर्चामा आएको हो । सुनको लौरो र लौरो ल्याउने राजकुमार भनिएका व्यक्ति दुवैको वास्तविकता खुलेको छ । दुवै जना नक्कली भएको खुलेपछि फेरि सामाजिक सञ्जाल तातेको छ ।

लौरो ल्याउने मक्तुम मार्सी भनिने दुर्गा प्रसाईंको निम्तोमा नेपाल आएका हुन् । उनी सिधै काठमाडौं उत्रिएर ४ असारमा झापा हान्निए । झापा विमानस्थलमा उनले ल्याएको भनिएको सुनको लौरो भाइरल भयो । मक्तुमले आज प्रसाईंको अस्पताल बीएण्डसीको क्यान्सरको अत्याधुनिक मेशिनको उद्घाटन समेत गरे ।

दुबईको राजकुमार नै आएको भन्दै सरकारी तहबाट खोजबिन भयो । दुबईका राजकुमार सामान्य तरिकाले कसरी आए भन्ने चर्चा परिचर्चा भयो । वास्तवमा राजकुमार भनिएका मक्तुम दुबईको राजपरिवारका टाढाका नातेदार भएको खुलेको छ ।

उनी राजकुमार भने होइनन् । दुबईका राजकुमारको नाम शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन् । थप मक्तुम नै भएपनि नेपाल आएका शेख मोहम्मद हुन् । राजकुमारको नाम भने शेख हमदन हो ।

मक्तुमले ल्याएका सुनको लौरो जलप लाएको खुलेको छ । लौरो विशेष प्रकारको देखिन्छ । दुर्गा प्रसाईंले भने खुकुरी उपहार दिएका छन् । यसैबीच, व्यक्ती र नक्कली सुनको लौरोको चर्चा चलिरहदा प्रसाईले भने ठूलो घोषणा गरेका छन् । मेडिकल कलेज सञ्चालक प्रसाईंले संयुक्त अरब इमिरेट्स (दुबई) मा मेडिकल कलेज खोल्ने बताएका छन् ।

झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.