टिकटकबाट उदाएर हट हिट हुँदै गएकी मोडल उषा उप्रेतीको चाहाना पल शाहसँग विवाह गर्ने

मनोरंजन

काठमाडौं । टिकटकमा भाइरल बनेकी सुन्दरी हुन् –उषा उप्रेती ।टिकटकमा करिब १५ लाख फलोअर्सकी धनी उषाले टिकटकमा भिडियो बनाउँदै चर्चामा आएपछि परिचय मोडलको रुपमा आउन थालेको छ ।

उषा उप्रेतीले धेरै म्युजिक भिडियोमा काम गर्ने अवसर पाई सकेकी छिन् । अहिले उनी म्युजिक भिडियोकी व्यस्त मोडलमा पर्छिन् ।टिकटकबाट उदाएका कैयौं प्रतिभा केही महिना भिडियो खेलेर हराएका पनि छन् । तर, उषाको भने म्युजिक भिडियोमा उत्तिकै माग छ ।

उषा अब चलचित्रमा फड्को मार्ने सोचमा छिन् । उनलाई चलचित्रबाट अफर नआएको पनि होइन, तर राम्रो चलचित्रबाट मात्रै डेब्यु गर्ने सोच रहेको उषा बताउँछिन् ।‘पहिलो चलचित्र करिअरका लागि महत्वपूर्ण हुन्छ । यसैले सबै कुरा सोचेर नै काम गर्नुपर्छ भन्ने लागेको छ । म आफूलाई पनि चलचित्रका लागि तयार पार्दैछु उनले भनिन् ।’

उषा आफूलाई रोमान्टिक लभ स्टोरी चलचित्र सुहाउने बताउँछिन् । यसैले अहिलेका चलेका नायकहरु अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतका कलाकारसँग डेब्यु गर्ने उनको इच्छा छ ।

यसबाहेक राम्रो ब्यानर र सफल निर्देशकको चलचित्रबाट अफर आएको खण्डमा आफू झनै उत्साहित हुने उषा बताउँछिन् ।नेपाली चलचित्र क्षेत्र कोरोना महामारीका कारण झण्डै दुई वर्ष अस्तव्यस्त भएपनि विस्तारै लयमा फर्किंदैछ । चलचित्र निर्माणको क्रम बढिरहेको अवस्थामा म्युजिक भिडियोमा चलेका मोडलहरुले अवसर पाउने देखिन्छ ।

योसँगै उषाले पल शाहसँग बिहे गर्न चाहेको कुरापनि खुलाएकी छिन् । नेपाली फिल्म उद्योगका चकलेटी नायक एक समय धेरै युवतीको ‘ड्रिमब्वाई’ थिए। फिल्म उद्योगभित्र र बाहिरका थुप्रै युवती उनीसँग विवाह गर्न चाहन्थे। उनलाई एक झलक हेर्नकै लागि सुटिङ स्थलमा युवतीको लाइन लाग्थ्यो।

तर अहिले समय अर्कै भइसकेको छ। पल एक नाबालिग गायिकालाई करणी गरेको अभियोगमा थुनामा छन्।उनी विरुद्धको मुद्दा विचाराधीन छ। पलकै सपना देख्ने धेरै युवतीहरुले पललाई बिर्सिन थालिसके। कतिपयले उनलाई लिएर बनाएका धारणा परिवर्तन गरिसके। यही समय टिकटक स्टार उषा उप्रेती भने पलसँग विवाह गर्ने चाहना अभिव्यक्त गरिरहेकी छिन्।

टिकटकबाट उदाएकी उषा अहिले चल्तीकी मोडल भइसकिन्। उषा अभिनित भिडियो हिट भएका कारण पनि उनलाई कामको दुःख छैन।उषाले केही म्युजिक भिडियोमा पल शाहसँग पनि स्क्रिन शेयर गरेकी थिइन्। उनले आकाश श्रेष्ठ, पुष्प खड्का लगायतका अहिलेका हिट अभिनेतासँग स्क्रिन शेयर गरिसकेकी छिन्।

आफूले काम गरेका कलाकार मध्ये उषाले विवाहका लागि पललाई छानेकी छिन्।एक अन्तर्वार्ताका क्रममा उनले विवाहका लागि आफूले काम गरेका अभिनेता मध्येबाट पललाई छानेकी हुन्।

Leave a Reply

Your email address will not be published.