अहोरात्र जनताको सेवामा खटिएका धरानमा मेयर हर्क साम्पाङलाई लण्डनबाट ‘सरप्राइज’

राजनिति समाचार

काठमाडौँ – अहोरात्र जनताको सेवामा खटिएका धरानमा मेयर हर्क साम्पाङलाई सरप्राइज आएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई जनताका रियल हिरो बन्दे गइरहेका छन् । साम्पाङ जनताका लागि बास्तविक प्रतिनिधि बनेका छन् । उनी अहोरात्र देश र जनताको सेवामा लगनशील भएर लागेका छन् ।

जनतासँग हुन्छन, जनताकै घरमा खान्छन्, जनताकै सेवामा केन्द्रीत हुन्छन् । नेपालको संविधानले स्थनीय तहका जनप्रतिनिधिहरुको व्यवहार, आनीबानी र कामगर्ने तौरतरीका यस्तो होस् भन्ने मर्म बोलेको छ । बास्तविक जनताको प्रतिनिधि भएपछि देश विदेशबाट उनलाई सानो सानो गर्दै ठूलो सहयोग प्राप्त भएको छ ।

अन्य सहरभन्दा धरान सहर सफा र सुन्दर सहरका रुपमा परिचित छ । त्यही सहरलाई झन सुन्दर बनाउन सामाजिक अभियान्ता इशा गुरुङले हर्क साम्पाङलाई सरप्राइज दिने भएकी छन् । गुरुङले धरानका लागि ठूला डस्टवीन सहयोग गर्ने भएकी छन् ।

पूर्वसचिव भीम उपाध्यायका अनुसार बेलायतको लण्डनमा स्थायी बसोबास गर्दै आइरेहेकी गुरुङले धरानका मेयर साम्पाङलाई सडक फोहार व्यवस्थापन अभियानमा सहयोग गर्न १ लाख रुपैयाँ बराबरको ३० वटा ठूलो डस्टबिन उपलब्ध गराउने भएकी हुन् ।

यसले धरानका मेयर साम्पाङलाई धरान सफा अभियानका लागि ठूलो सहयोग पुग्नेछ । यसअघि मेगा बैंक नेपाल लिमिटेडले पनि डस्वीन सहयोग गरेको थियो ।

नगरपालिकाले ३० वटा डस्वीन किन्नका लागि ठूलो पापड पेल्न पर्छ । खरिद ऐन, नियमावलीले यस्ता डस्वीन किन्न ६ महिना लगाइदिन्छ । त्यसकारण यसरी निजी क्षेत्रबाट आउने सहयोगलाई साम्पाङले बहुमुल्य उपहारका रुपमा ग्रहण गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.