यसरी गर्नुस् वायु गोला वा ग्यास्ट्रिकको सफल उपचार

स्वास्थ्य

आजकाल पेटको रोग नभएको कमै पाइन्छ । ५०-६० प्रतिशतसम्म मानिस यो रोगको चपेटामा आएको छ । मानिसले आफ्नो स्वास्थ्यमा भन्दा पैसामा बढी ध्यान दिने हुनाले र व्यस्तताले गर्दा यो रोग आम व्यक्तिहरुलाई बढी देखिएको छ । बजारमा खाने बस्तु प्राय: दुषित हुने हुनाले पनि मानिस यो रोगको चपेटामा परेको केही विज्ञहरुको मत छ ।

आजको लेखमा मैंले वायु गोलाको फाइदाबारे प्रकाशन गर्नेछौं । बायु गोला भनेको के हो भनेर सबैभन्दा पहिले यो बुझ्न जरुरी छ । वायु गोला भनेको ग्यास्ट्रिक रोग हो । आयुर्वेदमा यसलाई वायुगोलाको नामले पुकारिने गरिन्छ । यस्ता रोग खासगरी दुषित खानाको कारणले गर्दा हुने गर्दछ । विगत लामो अनुसन्धानपछि हामी यो निष्कर्षमा पुगेका थियो यो रोगको प्रमुख कारण भनेको खानपान सहि नहुनु पनि एक हो ।

यस्ता रोगीले अधिकांश महिलालाई बढी प्रभावित गरेको हुन्छ । हामीले विहान र साझको खाना दबाएर खान्छौ तर दिउसोको नास्ता खाजा नखाने चलन हरेक नेपालीको छ । पेट खाली हुनुनै ग्यास्ट्रिकको जन्म हुनु हो ।‌ ग्यास्ट्रिकबाट बच्न हामीले खानपानमा सुधार गर्दै जान सके यो भन्दा ठूलो उपचार अर्को के हुन सक्छ ।

ग्यास्ट्रिकको उपचार यसरी सम्भव छ :

१. एक कप गरम पानीमा कागती निबूवा निचोरेर खानाले पनि ग्यास हटाउछ ।

२. बिहानै एक गिलास पानीमा २५ ग्राम पुदिनाको रस, ३० ग्राम मह मिलाएर सेवन गर्नाले पनि ग्यास ठिक हुन्छ ।

३. एक गिलास पानीमा ६० ग्राम जति पुदिना, १० ग्राम अजवाइन हालेर उमाल्ने । राम्रोसंग उमाली सकेपछि आधा कप दुध र चिनी राखेर चिया जस्तै पिउनाले ग्यास हट्दछ ।

४. खाना खाइसकेपछि १२५ ग्राम मोहीमा दुइग्राम जति अजवाइन, आधा ग्राम जति बिरेनुन मिलाएर पिउनाले ग्यासमा राम्रो फाइदा गर्दछ ।

५. हिंग्वास्टक चूर्ण, लवण भास्कर चूर्ण र अभिपत्तिकर चूर्ण समभाग मिस्रण गरी १ चमच दिन्मा २ पटक मनतातो पानी सित सेवन गर्नाले यो रोग जडैदेखि समाप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published.