शुक्रबारदेखि दीपेन्द्र के खनालको निर्देशित फिल्म चिसो मान्छे प्रदर्शन भइरहेको छ।पहिलो दिन ४१ लाख रूपैयाँ कमाउँदै राम्रो ओपनिङु गरेको फिल्मले दोस्रो दिन शनिबारले ६२ लाख ७५ हजार रूपैयाँ कमाएको छ। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।
फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथा फिल्ममा देखाइएको छ । फिल्मको दिपेन्दरु के खनालले नर्दिेशन गरेका तयार गरो हुन् ।शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ।
निर्देशक खनालले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायत कलाकारको अभिनय छ।
रातारात डरलाग्नेगरी मूल्यबृद्धि गरेको निगमविरुद्ध आन्दोलन सुरु, विराटनगरमा चक्काजाम-रातारात बढाइएको प्ट्रोलियम पर्दाथकाविरुद्ध प्रदृशन सुरु भएको छ ।चर्को मूल्यवृद्धिविरुद्ध यातायात व्यवसायीले विराटनगरमा चक्काजाम गर्दै विरोध प्रदृशन सुरु गरेका हुन् ।
यातायात व्यवसायीले पेट्रोलियम पदार्थको भाउ बढाएको विरोधमा कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवंशी चोक सवारीसाधन तेर्स्याएर यातायात अवरुद्ध गरेसँगै लामो तथा छोटो दुरीका यात्रुहरु अलपत्र परेका छन् ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यसपटक निगम बढाउन भ्याएन ।