बद्नाम गराउन षडयन्त्र गरियो : मन्त्री बिमला वली

राजनिति समाचार

काठमाडौं । राज्यमन्त्री विमला कुमारी खत्री (वली) ले आफूलाई बद्नाम गराउन षडयन्त्र गरिएको आरोप लगाउनु भएको छ ।लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले आफूलाई फसाउने षड्यन्त्र भएको बताउनु भएको हो ।

सापटी लिएको (३५ लाख रुपैयाँ) रकम लामो समयसम्म फिर्ता नगरेको भन्दै आफू बाध्य भएर एकराज बस्नेतको घरमा गएको उहाँले जानकारी दिनुभयो ।एकराजको घरमा पुगे पनि बाहिर आएजस्तो कसैलाई कुटपिट नगरेको उहाँले बताउनुभयो ।

मन्त्री वली गत जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कस्थित रहेको बस्नेतको घरमा पुग्नु भएको थियो । वलीले एकराजकी श्रीमती मीना र छोरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लागेको छ ।

सो घटनापछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लियो । तर घटना भएको एक सातासम्म प्रहरीले मन्त्रीविरुद्धको जाहेरी दर्ता गर्न मानेको छैन् ।घटनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा जेठ ३१ गते वलीलाई बुटवल पठाइएको थियो ।

त्यसपछि स्वास्थ्य अवस्था बिग्रिएको भन्दै उपचारका लागि अस्पताल भर्ना गरियो । अस्पतालले डिस्चार्ज गर्दिएपछि उहाँ अहिले घोराहीस्थित आफ्नो घरमा आराम गरिरहनु भएको छ । आफू र छोरीमाथि कुटपिट भएको भन्दै एकराज बस्नेतकी श्रीमती मीनाले जिल्ला प्रहरी कार्यालयमा वलीविरुद्ध जाहेरी दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.