अदालत बाट आयो यस्तो फैसला प्रचण्डको सातो जानेगरी

राजनिति समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का लागि दुःखद खबर प्राप्त भएको छ । प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डलाई हराउन सक्ने उम्मेदवारका रुपमा रहेका राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि प्रचण्डको सातो भएको छ ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिष्पर्धा गरेका पाण्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् । सिक्टा सिंचाइ आयोजनाको काममा अनियमितता गरेको भन्दै अख्यितारले पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालत काठमाडौंबाट पाण्डेले आइतवार सफाइ पाएका हुन् । भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि अब उनले चुनाव लड्न पाउने भएका छन् । भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेको व्यक्ति उम्मेदवार बन्न पाउदैन ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका पाण्डेले चितवन ३ बाट प्रतिनिधि सभा चुनाव लड्ने योजना बनाएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा चितवनबाट प्रत्यक्ष चुनाव जितेका पाण्डे २०७४ सालमा प्रचण्डसँग पराजित भएका थिए ।एमालेसँगको तालमेल गरेका प्रचण्डले ४८ हजार २७६ मत पाउँदा कांग्रेससँग तालमेल गरेका पाण्डेले ३८ हजार ९ सय ३५ पाएका थिए ।

मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा प्रचण्डले कांग्रेससँग तालमेलको तयारी गरेका छन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा चितवनको भरतपुरमा एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले प्रतिनिधि सभा चुनावमा पनि कतिपय स्थानमा एमालेसँग प्रतिष्पर्धाको तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published.