सवाल-जवाफमै उत्रिए रवि लामिछानेका दाजुभाई, दाईले फिल्मीशैलीले राजनीति हुदैन भनेपछि रवि लामिछानेले फर्काए ‘पथ्थरको जवाफ फुल’बाट

राजनिति समाचार

काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा होमिएका रवि लामिछाने दाजुभाई निर्वाचन घोषणा नहुँदै सवालजवाफमा उत्रिएका छन् । सिधा कुरा जनतासँगबाट निकै चर्चामा आएका रवि लामिछाने र रेडियो नेपालमा लामो समय पत्रकारिता गरेका हरिशरण लामिछाने बीचको सवाल जवाफ अहिले चर्चामा आएको हो ।

दाई हरिशरणले भाइ रविले फिल्मी शैलीमा राजनीति गर्न खोजेको बताएपछि रवि लामिछानेलाई सफ्ट जवाफ फर्काएका छन् । पत्रकारिता छोडेर राजनीति गर्ने घोषणा गरेका रवि लामिछानेले आगामी संसदीय चुनावमा कहाँको कुन निर्वाचन क्षेत्रबाट उठ्ने टुंगो नभएको बताएका छन्। रविले भोलि मंगलबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आफ्नो राजनीतिक अभियानबारे घोषणा गर्दैछन्।

रविले उक्त घोषणा गर्नुको अघिल्लो दिन उनका दाइ तथा पूर्वसञ्चारकर्मी हरिशरण लामिछानेले भने स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स घोषणा गरेका छन्। सामाजिक सञ्जालमा प्रेस नोट जारी गर्दै हरिशरणले आफू काठमाडौं–३ बाट चुनाव लड्न लागेको बताएका छन्। रवि पनि काठमाडौं–३ मै उठ्ने चर्चा छ।

दाजुभाइ एकै क्षेत्रमा भिड्न लागेको हो भन्ने प्रश्न रविले दाइले आफ्ना लागि त्यो क्षेत्र बुक गरिदिएको हुन सक्ने बताए। मैले निर्वाचन क्षेत्र छानेको छैन, रविले हाँस्दै भने, दाइले अरू आउलान् भनेर मेरा लागि बुक गरिदिनु भएको होला।

रविले दाजु हरिशरण आफ्नो ढंगले चुनावमा तयारीमा लागेको बताए। दाइ आफ्नो ढंगले अघि बढ्नु भएको छ। दाइको अलग व्यक्तित्व छ। अझ उहाँको नगरकोट र काभ्रे क्षेत्रमा प्रभाव पनि छु, रविले भने, निर्वाचनका लागि नाम दर्ता नहुदाँसम्म अहिले माहौल त हो।

उनले काठमाडौं ३ मा दाजुभाइमध्ये कसले उम्मेदवारी दिने भन्नेबारे सल्लाह गर्ने बताए। दाइको मेरो दुबैको मतदाता नामावली काठमाडौं क्षेत्र नं ३ मै छु, उनले भने, निर्वाचनमा उम्मेदवारी दर्ता अघिसम्म त के ठेगान हुन्छ र। तर हामी सल्लाह गर्दैछौँ, गर्छौं।

रविले पनि स्वतन्त्रहरुलाई जोडेर अघि बढ्ने आफ्नो योजना बताएका थिए। रविले आफ्नो छुट्टै पार्टी निर्माण गर्ने संकेत समेत गरेका थिए। हरिशरण भन्छन्, फिल्मी शैलीले त राजनीति होलाजस्तो लाग्दैन । भाइ रविलाई उछिनेर हरिशरणले एकदिन अगाडि स्वतन्त्रको अलाइन्स घोषणा गरेपछि त्यसको चर्चा पाएको छ।

रवि लामिछानेले पनि राजनीतिमा आउने घोषणा गर्दा आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकाहरूसँग पनि कुरा गरिरहेको र सबैलाई लिएर अघि बढ्ने बताएका थिए। हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै आफू काठमाडौं३ बाट, रन्जु दर्शना काठमाडौं ५, पुकार बम काठमाडौं१ र सुमन सायमी काठमाडौं ८ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

उनले काठमाडौं बाहिर पनि अलाइन्सका उम्मेदवार उठ्ने बताएका छन्। विश्व साइकल यात्री पुष्कर शाह दोलखाबाट चुनाव उठ्ने उनले दाबी गरेका छन्। प्रेस नोटमा रवि लामिछानेका बारे कुनै चर्चा गरिएको छैन। रविले राजनीतिमा आउँदा स्वतन्त्रहरूलाई जोड्ने बताएका थिए। उनले भनेका थिए, एक्लै स्वतन्त्र जाने सोच छैन। बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।

तीन दशक रेडियो नेपालमा काम गरेर राजीनामा दिएका हरिशरणले अब आफू सक्रिय राजनीतिमा होमिएको बताए। स्वतन्त्र उम्मेदवारी दिन चाहनेहरू एकै क्षेत्रमा नदोहोरिउन भनेर स्वतन्त्रहरूको सञ्जाल बनाएर छलफल गर्न थालिएको लामिछानेले बताए।

‘काठमाडौं(३ मा मैले उम्मेदवारी दिन्छु। आफू बसेकै ठाउँबाट उम्मेदवारी दिऔं भन्ने हो,’ लामिछानेले भने, ‘को कहाँबाट उठ्ने भनेर हामीले पटकपटक सामूहिक छलफल पनि गरेका छौं।’ उनको मतदाता नामावली काठमाडौं क्षेत्र नम्बर ३ मा छ। स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहनेहरूले यही असार १७ र १८ मा राष्ट्रिय भेला गर्ने उनले बताए। उनले आफू बहुदलीय राजनीतिक पार्टीहरू विरूद्ध भने नउभिएको बताए।

‘कुनै पेशामा लागेको व्यक्तिले अहिले फ्याट्ट एउटा पार्टीमा प्रवेश गरेर केही प्रगति हुन्न कि भनेर स्वतन्त्र रूपमा लागेका छौं,’ उनले भने, ‘राजनीतिमा अनेक सम्भावना हुन्छ। भोलि कसैले हामीलाई निर्वाचन क्षेत्र छाड्न पनि सक्छन्, हामी पार्टी खोल्न पनि सक्छौं। चुनाव आउन पनि समय छ।’

हरिशरण सुरूमा काभ्रेबाट चुनाव उठ्न चाहेका थिए। तर उनले काभ्रेभन्दा काठमाडौं(३ मै उठ्ने निर्णय गरेको बताए। भाइ रवि पनि यही क्षेत्रमा चुनाव लड्ने चर्चाबारे भने आफूलाई जानकारी नभएको हरिशरणले बताए। भाइसँग आफूले यसबारे कुराकानी गरेको हरिशरणले बताए।

‘भाइसँग हिजो पनि मैले छलफल गरेको हुँ। ऊ कहिले स्वतन्त्र उठ्छु, कहिले पार्टी खोल्छु भन्छ,’ उनले भने, ‘दाजुभाइ एकै क्षेत्रमा त भिड्ने होइन। सल्लाह भइहाल्छ। तर स्वतन्त्र सञ्जालमा अहिले ऊ आउन मानेको छैन। उसले पार्टी खोल्यो भने स्वतन्त्र हुने कुरा पनि भएन। उसका कुरा मलाई धेरै थाहा पनि हुँदैन।’

‘राजनीति भनेको अर्कै क्षेत्र हो। सबै कुरा सोचविचार गर्नुपर्छ। उसले त अपर्झट टिभी छोडेको छ। फिल्मी शैलीले त राजनीति होलाजस्तो मलाई लाग्दैन,’ उनले भने। उनका अनुसार रविले पार्टी खोल्न सक्छन्। ‘मैले काठमाडौं(३ भाइलाई छोड्नुपर्ने हो भने त्यहीअनुसार भन्नुपर्‍यो,’ उनले भने, ‘मैले स्वतन्त्र सञ्जालमा कोर्डिनेसन गरिरहेको छु। यो भोलि पार्टी बन्न पनि सक्छ। पार्टी बन्यो भने युवाहरूलाई प्रत्यक्ष उम्मेदवार बनाएर म समानुपातिकमा पनि बस्न सक्छु।’

स्थानीय चुनावबाट काठमाडौं, धरान र धनगढीमा स्वतन्त्रले जितेकोले एउटा मुभमेन्ट आएको बेला देशभर कम्तीमा ८र१० ठाउँमा युवाहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुपर्छ भनेर आफूहरूले तयारी गरिरहेको हरिशरण बताउँछन्।

‘स्वतन्त्र उम्मेदवारीले धेरै कुरामा असर पार्छ। जनताका आवाज बोल्न पनि यसले सहयोग पुर्‍याउँछ भन्ने हो,’ उनले भने। असार १७ र १८ मा भेला गरेर जिल्ला-जिल्लाका मानिसलाई पनि स्वतन्त्र सञ्जालमा जोड्ने उनले बताएका छन्। ‘हामीले कस्ता मुद्दा उठान गर्ने भनेर राष्ट्रिय भेला गर्न लागेको हो,’ उनले भने। राष्ट्रिय भेला प्रत्यक्ष प्रसारण गरिने पनि उनले बताएका छन्। उनले स्वतन्त्र उम्मेदवारीको चर्चा चलेसँगै विभिन्न पार्टीबाट अफरसमेत आउन थालेको दाबी गरेका छन्।

हरिशरणले घोषणा गरेको अलाइन्समा सुमन सायमी पनि छन्। सायमी गएको स्थानीय चुनावमा काठमाडौं महानगरको मेयरमा उठेका थिए। नेपाल भाषा, संस्कृति र यहाँका रैथानेहरूको भूमि संरक्षणसम्बन्धी मुद्दामा लामो समयदेखि आन्दोलन गर्दै आएका सायमीले काठमाडौंको मेयषरमा १३ हजार ७ सय ७० मत ल्याएका थिए।

उनले पनि असार १७ र १८ गते देशभरका स्वतन्त्रहरूको काठमाडौंमा दुइ दिने कार्यक्रम भएको बताए। ‘त्यसबाट सबैको एक मत र एक विचार कसरी राख्ने भनेर छलफल र निर्णय हुन्छ,’ उनले भने,‘नेताहरूको चरित्र सुधार्न गाह्रो भएकाले देशभरका स्वतन्त्र युवा एकिकृत भएर उठ्न लागेका हौं। तर स्वतन्त्र मात्र भएर देश चलाउन सकिन्न। विचार पनि एक हुनुपर्छ।’ रवि लामिछानेसँग आफ्नो कुरा नभएको सायमीले बताए। ‘उहाँ कहाँबाट चुनाव लड्ने हो भन्ने पनि थाहा छैन। उहाँसँग खासै कुरा भएको छैन,’ सायमीले भने।

Leave a Reply

Your email address will not be published.