अभिनयमा आउने सोच छैन – मिस नेपाल प्रियंका

मनोरंजन समाचार

मिस नेपाल प्रियंका रानी जोशीले अहिले आफ्नो अभिनयमा आउने कुनै सोच नरहेको बताएकी छन् । अभिनयका लागि आफू पोख्त नभएको र मिस वर्ल्डको तयारी पनि गर्नुपर्ने भएकोले अभिनयबारे केही नसोचेको उनको भनाइ रहेको थियो ।

सोमबार बाजासहित पुख्र्यौली घर अनामनगरमा भित्रिएकी जोशीले ‘मिस वर्ल्ड’ को ताज नेपाल भित्र्याउन आफूले सक्तो कोसिस गर्ने बताइन् । मिस नेपालको उपाधि जितेपछि होटल र्याडिसनमा बसेकी उनलाई परिवारले होटलदेखि घर भित्र्याएको हो ।

हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर गाडीमा हात हल्लाउँदै उनी घरमा आएकी थिइन् । अनामनगर घर भित्रिएपछि वसन्तपुरस्थित कुमारी घर पुगेकी उनी अहिले बस्दै आएको भैसेपाटी घर पुगेकी छिन् ।जोशी शनिबार आयोजना भएको ‘मिस नेपाल २०२२’ मा २३ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि चुम्न सफल भएकी थिइन् ।

विप्लव विद्यार्थी संगठन ललितपुर संयोजक अखिल क्रान्तिकारीमा प्रवेश-नेकपा विप्लव समूह निकट अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला संयोजक मान बहादुर तिरुवा विप्लव पार्टी र विद्यार्थी संगठन परित्याग गरी माओवादी (केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।

उनलाई माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंहले प्रवेश गराएकी हुन । उनलाई केन्द्रीय समितिमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published.