कति खर्च गरे त बालेन साहले चुनावमा ? हेर्नुहोश खर्चको तालिका

आर्थिक समाचार

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्थानीय चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनले बताएका छन् ।

चुनावी खर्च सार्वजनिक गर्दै उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।उनले खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी पनि मागेका छन् ।

एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हरसमय खटिरहनेछौँ’, बालेनले भनेका छन् ।

यो पनि पढ्नुहोश:अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए ।

अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष थिए । एन्फामा गणेश थापा अध्यक्ष हुँदा उनको कार्यशैलीको विरोध जनाउँदै कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङले ‘चेन्ज एन्फा’ अभियान सुरु गरेका थिए ।अभियान सफलता उन्मुख हुँदै गर्दा नेम्वाङले कर्मालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए ।

तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न उठाएर असहमति जनाइरहे ।र अन्तमा उनै शेर्पाविरुद्ध अध्यक्षमा चुनाव लडेका नेम्वाङ विजयी पनि भए ।वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी भएका छन् । उनले ४४ मत पाए भने शेर्पाको प्यानलका शिक्षित पराजुली ४० मत मात्र पाए ।

Leave a Reply

Your email address will not be published.