रवि लामिछानेले खोले आफ्नै पार्टी, भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा नयाँ पार्टी घोषणा गर्ने तयारी

राजनिति समाचार

रवि लामिछानेले भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका उनले भोली नँया पाटी घोषणा गर्न लागेका हुन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।

पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेको बताइएको छ । संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ ।

रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् । ‘दाजुभाइ एउटै पार्टीमा हुँदा परिवारवाद, नातावादी इत्यादि कुराहरू आउँछन् भनेर रवीले आफुलाई त्यसमा नजोडिन सुझाव दिएको दाई हरशणले बताए ।

रविको टिमले भने भोलिसम्म सबै कुरा गोप्य राख्न चाहेको छ । उनको पार्टीको नाम पनि फाइनल भइसकेको बुझिएको छ । रविले काठमाडौंको बालाजुमा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् ।

ट्रकमा लागेको आगो घरमा सल्कियो-कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्बर ४ स्थित सडकमा रोकिराखेको ट्रकमा लागेको आगो फैलिएर घरमासमेत पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सडक कालोपत्रे गर्ने खोटो बोकेको ट्रकमा आगो लागेको थियो । सो आगो नियन्त्रण हुन नसक्दा नजिकैको घरमा पनि फैलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनका अनुसार आगलागी कसरी भयो भनेर छुट्याउन सकिएको छैन ।

‘आगो नियन्त्रणका लागि भीमदत्त नगरपालिकाको दमकल सहित, प्रहरी, स्थानीय वासी र सेनाको टोली घछना स्थल पुगेको छ,’ उनले भने ‘तर आगो नियन्त्रणमा आएको छैन ।’ करिव आधा अघण्टादेखि सो क्षेत्रमा आगलागी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.