काठमाडौँका हजारौँ जनताले मन पराएका बालेन शाहलाई किन आरजुले देख्न सकिनन् ? किन उठाइन् बालेनले चुनावमा ठूलो रकम खर्च गरेको कुरा ?

राजनिति समाचार

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बालेन्द्र शाहले फेसबुक ग्रुप परिचालन गरेर चुनाव जितेको आरोप लगाएकी छिन् ।

बालेन सहित स्वतन्त्र उम्मेदवारहरूको जितमा सामाजिक सञ्जाल निर्णायक भएको उनले दाबी गरिन् । पर्वतमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जति पनि स्वतन्त्र उम्मेद्धारले चुनाव जितेका छन् उनीहरुले एउटा न एउटा ग्रुप परिचालन गरेर चुनाव जितेको जिकिर गरिन् ।

यति मात्र हैन उनले बालेनले ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजमा पैसा खर्च गरेको समेत आरोप लगाईन् । उनले भनिन् अहिले म ओपन्ली भन्न चाहँदिन, उहाँले कतिमा हायर गर्नुभयो ? यत्रो ठूलो आउटरिच भएको रुटिन अफ नेपाल बन्दलाई उसले परिचालन गर्‍यो ।

एनालिसिस गर्‍यो । राजनीति हो एभ्रि थिङ इज फेयर भन्छ । अब हामीले के गर्ने ? ‘अहिले जो पनि पोलिटिक्स गर्ने भएको भन्दै उनले एक्टर पनि एक्टिङ छाडेर पोलिटिक्स गर्ने, पत्रकार पनि पत्रकारिता छाडेर पोलिटिक्स गर्ने बताईन् ।

उनले आफ्नो श्रीमान् तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भने बचाव गर्दै गुणगान गाईन् । प्रधानमन्त्री देउवा बिहान उठेदेखि नसुतेसम्म व्यस्त रहेको प्रसङ्ग निकाल्दै उनले सत्तामा बस्न सजिलो नभएको बताइन् ।

Leave a Reply

Your email address will not be published.