श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा के हुन्छ ? कस्तो ग्रुपमा बच्चा जन्माउन मुस्किल ?

स्वास्थ्य

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल, काठमाडौं । हामी हरेक दिन जनस्वास्थयका अति नै गहकिला विषयमा जानकारी अपडेट गर्दछौ ।

हाम्रो सम्पर्कमा रहनुभएका चिकित्सकहरुप्रति हार्दिक आभार व्यक्ति गर्दछौ । किनकी नयाँ नयाँ विषयको खोज गरेर हामीलाई जानकारी दिइरहनुभएको छ ।

आज हामी ब्लड ग्रुप (रक्त समूह) को बारेमा कुरा गर्दैछौ । चिकित्सकहरुलाई आउँने धेरै प्रश्न मध्ये श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा कुनै समस्या हुन्छ की हुँदैन ? भन्ने छ ।

यहाँ हामी जानकारी प्रस्तुत गर्दैछौ । श्रीमान् र श्रीमतीको ब्लड ग्रुप एउटै भएमा कुनै समस्या हुँदैन तर समान ग्रुप भएर आरएच फ्याक्टर फरक छ भने गम्भीर हो ।

उदाहरणका लागि कसैको ब्लड ग्रुप ए पोजेटिभ छ र श्रीमतीको ब्लड ग्रुप ए नेगेटिभ छ भने यो चै गम्भीर हो । ग्रुप समान (ए) (ए) नै छ तर नेगेटिभ पोजेटिभ छ भने सन्तान जन्ममा गम्भीर समस्या आउँछ ।

यसमापनि उनीहरुलाई पहिलो सन्तान जन्माउँदा कुनै समस्या आउँदैन । पहिलो सन्तान खेर गयो । वा गर्भपतन गराएको छ भने अब दोस्रो सन्तानको समयमा उनीहरुले धेरै समस्याको सामना गर्नुपर्नेछ ।

संयोगले यस्तो अवस्थामा बिहे भयो भने चिकित्सकको सल्लाहमा मात्रै उपचार गराउनुपर्छ । त्यसका लागि चिकित्सकको सल्लाहअनुसार प्रसूति हुनुभन्दा ७२ घन्टाअघि एन्टि–डी साल्ट इन्जेक्सन लगाउनुपर्नेछ । ताकि उनीहरुले नर्मल डेलिभरी गर्न सकुन् ।

यस्तै कुनै जिज्ञासा भए हामीलाई इन्बक्समा लेख्नुहोला । हामी विशेषज्ञ चिकित्सकसँग जानकारी लिएर पोष्ट गर्नेछौ ।

Leave a Reply

Your email address will not be published.