पार्टी घोषणा कै दिन रवि लामिछानेलाई झड्का, दलको नाममा कानूनी प्रश्न

राजनिति समाचार

काठमाडौं । भर्खरै नेता बनेका रवि लामिछानेलाई पहिलो गासमा नै ढुंगा लाग्ने देखिएको छ ।पार्टी घोषणा कै दिन लामिछानेलाई ठूलो झड्का लागेको हो । उहाँको दलको नाममा नै कानूनी प्रश्न उठेको छ । दर्ता भइनसकेका कारण निर्वाचन आयोगले अब यो नाम नदिने हो की भन्ने देखिएको छ ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताउनु भएको छ । उहाँको तर्कमा धेरैले सहमति जनाएका छन् ।

चर्चित सञ्चारकर्मी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि थापाको यस्तो प्रतिकृया आएको हो । दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गर्नुभयो ।

सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उहाँले यस्तो प्रतिकृया दिनु भएको हो । थापाले लेख्नु भएको छ, ‘कानुनतः स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो ।

व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हो ।

स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन ।’उहाँले लेख्नुभएको छ :: कानुनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हाे। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेकाे अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित हाे।

स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्याेल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खाेज्छ भने निर्वाचन आयाेगले दर्ता गर्नुहुँदैन।
सन्दर्भ – राष्ट्रिय स्वतन्त्र पार्टीकाे घाेषणा।

Leave a Reply

Your email address will not be published.