रवि लामिछानेलाई रवीन्द्र मिश्रको सुझाव– हामीबाट सिक्नु

राजनिति समाचार

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाएका छन् ।

लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।सामाजिक सञ्जाल फेसबुकमार्फत मिश्रले लामिछाने आशा गरेको थोरै मान्छेमा पर्ने भएकाले कमजोरीबाट पाठ सिक्न अनुरोध गरेका हुन् ।

‘तिमी सानै हुँदादेखि चिनेकोले मैले तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी।मैले आशा गरेको थोरै मान्छेमा पर्छौँ तिमी’ मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर ।तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।’

काठमाडौं । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका रवि लामिछानेले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजिक एक कार्यक्रममा नयाँ दल निर्माणको घोषणा गरेका छन् । लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको घोषणा गरेका हुन् ।

लामिछानेले भनेका छन्, ‘अहिले दर्ता भएका कुनै पनि दलमा राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन् । प्रत्येक दलमा राम्रा मान्छे छन् तिनीहरूको सम्मान गर्नुपर्छ ।’

यस्तै उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन् । साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए ।

लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्वन गर्ने पनि घोषणा गरेका थिए । तर निर्वाचनमा ‘राइट टु नो भोट’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published.