सम्पर्कको बेला आँखामा पट्टी बाँधिदिन्थिन् :बिहेको १० महिनापछि थाहा भयो श्रीमान महिला रहेछन् !

राेचक

काठमाडौं । बिहे गरेको केही महिनापछि एउटी महिलाले श्रीमानको वास्तविकता थाहा पाएपछि छाँगाबाट खसेजस्तै भइन् ।वास्तवमा ती महिलाले विवाह गरेकी व्यक्ति महिला नै थिइन् । त्यसपछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि कुरा अदालतसम्म पुग्यो ।

‘डेली स्टार’को रिपोर्टका अनुसार यो घटना इन्डोनेसियाको हो । त्यहाँ गत हप्ता एक महिलाले अदालतमा आफूले पुरुष सोचेर बिहे गरेको १० महिनामा श्रीमान महिला भएको थाहा पाएको बताइन् ।

उनका अनुसार आरोपित महिलाले आफ्नो परिचय लुकाएर विवाह गरेकी थिइन् । हाल मुद्दा दायर गर्ने महिलाको परिचय खुल्न नसकेको तर आरोपित महिलाको नाम इरयानी बताइएको छ ।

समाचार अनुसार महिला र इरायनीको भेट मे २०२१ मा डेटिङ एप मार्फत भएको थियो । महिलाले आफ्नो सामाजिक सञ्जाल प्रोफाइल र कुराकानीबाट इरानी पुरुषजस्तै देखिने गरेको बताइन् ।

इरायनीले महिलालाई आफू सर्जनसहितको व्यवसायी भएको पनि बताएकी थिइन् । इरायनीले आफूले हालै धर्म परिवर्तन गरेर श्रीमती खोजिरहेको कुरा बताएकी थिइन् ।

करिब तीन महिनाको कुराकानीपछि युवतीले इरायनीसँग विवाह गरिन् । विवाहपछि इरायनी महिलाको घरमा बस्न थालेकी थिइन् ।

तर विवाहको केही महिनापछि इरायनीले पीडित महिलासँग पैसा मागेपछि शंका उत्पन्न भयो । व्यवसायको कुरा लुकाएर राखेकाले महिलाका आमाबुवालाई केही गडबड भएको कुरामा शंका लाग्न थाल्यो ।

शंकापछि पारिवारिक प्रश्नबाट बच्न इरायनीले महिलालाई अर्को सहर दक्षिण सुमात्रा लगेर गइन् । उनीहरु त्यहाँ भाडाको घरमा बस्न थाले । त्यहाँ उनले महिलालाई कैयौं महिनासम्म घरमै थुनेर कसैसँग बोल्न प्रतिबन्ध लगाइन् ।

लामो समयसम्म छोरीसँग कुरा नगरेपछि महिलाका परिवारले प्रहरीलाई खबर गर्यो । त्यसपछि प्रहरीले छिट्टै इरायनीलाई ट्रेस गर्यो, सोधपुछमा बाहिर आएको कुराले सबैलाई चकित पार्यो ।

वास्तवमा, इरायनी वास्तवमा महिला थिइन् । उनले धोका दिएर एक महिलासँग विवाह गरिन् । विवाहको १० महिनामा उनले पीडित महिलासँग १८ लाखभन्दा बढी रकम लिइन् । त्यसपछि पीडितले इरायनीविरुद्ध मुद्दा दर्ता गरेकी हुन् । हाल इरायनीविरुद्ध मुद्दा चलिरहेको छ । दोषी प्रमाणित भए १० वर्ष जेल सजाय हुन सक्छ ।

यस घटनाबारे पीडित युवतीले विवाह गरेको धेरै दिन बितिसक्दा पनि इरायनीले हातसम्म नछोएको बताइन् । उनले सधैं बहाना बनाएर टाढिन खोज्थिन् । त्यसपछि, रोमान्सको बेला, उनी सधैं बत्ती निभाउने गर्थिन् । शारीरिक सम्पर्कका बेला इरायनी श्रीमतीको आँखामा पट्टी बाँधेर बस्ने गर्थिन् ।

Leave a Reply

Your email address will not be published.