राजनीतिमा आएकै दिन विबादमा तानिए रवि, को को लागेका छन् यसरी हात धोएर रविको पछाडी ?

राजनिति

निर्वाचन आयोगमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेदवारी अभियानको एक समुहले निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी दिएको हो ।

अभियानका संयोजक डम्बर शाहुले पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने भन्दै भन्द उजुरी दिएका हुन् ।उक्त उजुरीमा भनिएको छ, ‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी

संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’

एमालेमा भाँडबैलो हुँदा कांग्रेसले यसरी उठायो फाइदा : ‘बुढो रुख ढल्यो, ढल्यो । म मितिसमेत भनिदिन्छु । २०७४ पुससम्म मात्र शेरबहादुर देउवा प्रधानमन्त्री हुन् । कांग्रेसका अन्तिम प्रधानमन्त्री पनि देउवा नै हुन् ।’ २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा कार्तिक ३० गते गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको अंश हो त्यो ।

त्यतिबेला ओलीले बुढो गाईलाई घाँस हालेर दुध नदिने भन्दै वाम गठबन्धनको उम्मेदवारको उम्मेदवारलाई भोट हाल्न मात्र आग्रह गरेनन् , यो पनि भन्न भ्याए, ‘पिर नमान्नू कांग्रेसले खोजेको प्रजातन्त्र हामी ल्याउँछौं ।’

ज्योतिष र भाग्यवादमा पनि विश्वास गर्ने कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले चुनावी सभामा सहभागी हुने क्रममा धनगढी पुगेर ओलीलाई जवाफ फकाउँदै भने, ‘ज्योतिषले मलाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका छन्, म अझै तीनपटक प्रधनानमन्त्री हुन्छु । कम्युनिष्टहरुले भनेर हुन्छ ?’

Leave a Reply

Your email address will not be published.