वरिष्ठ डाक्टरले छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ विवाह योग्य उमेर ११ बर्ष तोकौ भनेपछि…

समाचार

काठमाडौं । अहिले नेपालमा विवाह योग्य उमेर कति ? भनेर प्रश्न उठिरहेको छ ।केही शारीरिक वृद्धिमा रुपान्तरण भएका कारण विवाह योग्य उमेर घटनाउन प्रतिनिधि सभासम्म नै कुरा उठिसकेको छ ।सांसदहरुको प्रश्नमा सरकारले विवाह योग्य उमेर घटाउन आँटेको जानकारी समेत दिइसकेको छ । कानून मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले संसदको रोष्टमबाटै विवाह योग्य उमेर घटाउन आँटेको जानकारी दिनुभएको छ ।

अहिले नेपालमा विवाह योग्य उमेर भनेर २० बर्ष तोकिएको छ । २० बर्ष अघि विवाह गरे बालविवाहको कानून अनुसार कसूर ठहर्छ ।यही बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता, स्वास्थ्य सेवा विभागको निर्देशक समेत भइसक्नुभएको प्राध्यापक डाक्टर जागेश्वर गौतमले एक विवादास्पद पोष्ट गर्नुभएको छ ।

उहाँको लेखाई व्यांग्य हो जस्तो देखिन्छ । तर यो प्रोफाईलका व्यक्तिले त्यसरी व्यांग्य नगरेको भए हुने भन्ने बहस चलिरहेको छ । उहाँले आजकल छोरीहरुको महिनावारी १०–१२ बर्षमै हुन्छ, महिनावारीपछि बच्चा पनि पाउन सक्दछन ।

त्यसकारण विवाह योग्य उमेर ११ बर्ष तोकौ सरकार । बाल विवाह निर्मुल हुन्छ, नेपालले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा स्थान प्राप्त गर्छ । अपराधका घटना पनि बिरलै भेटिन्छन कि कसो ?

भनेर लेख्नुभएको छ । एक पंक्तिले यो सरकारलाई व्यांग्य हो भन्ने प्रष्ट देखिन्छ । तर ठ्याक्कै व्यांग्य जस्तो नबुझि सुझाव जस्तो बुझ्नेहरुले भने खुबै आलोचना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.